30/08/2026
हालै आएको बाढीका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको खबरले हामी अत्यन्त दुःखी भएका छौँ। यस दुःखद घडीमा सम्पूर्ण बाढीपीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।
सम्बन्धित निकायलाई तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्दछौँ। विपद्मा परेका नागरिकको साथमा हामी सबै एकजुट भएर उभिनु आवश्यक छ।
— हार्दिक ऐक्यबद्धता तथा सहयोगको अपिल 🙏