01/06/2021
आत्मा र शरीर दुवैलाई पावन बनाउनको लागि देह सहित तिमीसँग जे जति छ, त्यो बाबालाई अर्पण गरेर उहाँको श्रीमतमा चल्नु छ।
२) माता-पिताको गद्दीको हकदार बन्नको लागि स्वयंलाई लायक बनाउनु छ। लायक बन्नको लागि मुख्य कुरा पवित्रतालाई धारण गर्नु छ।
वरदान:–
निमित्त आत्माद्वारा कर्मयोगी बन्ने वरदान प्राप्त गर्नेवाला मास्टर वरदाता भव
जब कुनै पनि चीज साकारमा देखिन्छ, त्यसलाई छिटै ग्रहण गर्न सकिन्छ। त्यसैले निमित्त बनेका जो श्रेष्ठ आत्माहरू छन्, उनीहरूको सेवा, त्याग, स्नेह, सर्वको सहयोगीपनको प्रत्यक्ष कर्म देखेर जुन प्रेरणा मिल्छ, त्यही वरदान बन्छ। जब निमित्त आत्माहरूले कर्म गर्दा यी गुणहरू धारणा भएको देख्छन्, तब सहज कर्मयोगी बन्ने मानौं वरदान मिल्छ। जसले यसरी वरदान प्राप्त गरिरहन्छन्, उनीहरू स्वयं पनि मास्टर वरदाता बन्छन्।
स्लोगन:–
नामको आधारमा सेवा गर्नु अर्थात् उच्च पदमा नाम पछाडि पार्नु हो।
मातेश्वरीजीका अनमोल महावाक्य:–
“ सच्चा पातशाह , परमात्मासँग सच्चा रहनु छ”
यस समय हामीलाई बाबा परमात्माद्वारा यो आदेश मिलेको भएको छ– निरन्तर मेरो यादमा रहने गर। योगको अर्थ हो ईश्वरीय यादमा रहनु, योगको अर्थ कुनै ध्यान होइन। हाम्रो यो सहजयोग जुन हिँड्दा, घुम्दा, कामकाज गर्दा उहाँको यादमा रहनु, यसलाई नै अटुट अखण्ड योग भनिन्छ, तर यसमा निरन्तर यादमा रहने प्राक्टिसको आवश्यकता पर्छ। यदि उहाँको आदेशमा फरमानदार भएर रहेनौं, केही कुराको अवज्ञा गर्यौं भने अवश्य दण्ड भोग्नु पर्छ। उहाँको फरमान छ– जस्तो कर्म मैले गर्छु मलाई हेरेर तिमीले पनि त्यस्तै कदम उठाऊ, नत्र मायाको चोट खान्छौ। सच्चा पातशाहसँग सच्चा रहने गर, मायाको जस्तोसुकै विघ्नले सताउँछ, त्यो कुरा पनि उहाँको अगाडि राख्नुपर्छ, अनि उहाँको मदतबाट माया हट्छ, मार्ग स्पष्ट हुन्छ। जहाँ बसाउनुहुन्छ, जसरी चलाउनुहुन्छ, जे खुवाउनुहुन्छ त्यसपछि मार्ग अझै स्पष्ट हुन्छ। यसरी साथ दिनलाई तिमीमा धेरै हिम्मत हुनुपर्छ। यस्ता महान सौभाग्यशाली बिल्कुलै थोरै निस्कन्छन्, तिनीहरू विजयमालामा आउँछन्। तर जसले अलिकति लिएर प्रजामा जान्छन् तिनीहरू भाग्यशाली हुन्, त्यसैले थोरै प्राप्ति हुँदैमा खुसी नहुनु। आफ्नो इच्छा त सम्पूर्ण होस्, यसको लागि साहस राखेर अगाडि बढ्नु पर्छ। मायाले विघ्न पार्छ तर त्यसमाथि विजय प्राप्त गर्नु छ, यसमा यदि भूल गर्यौ भने निश्चयमा कमी छ, केही आफ्नो धारणामा कमी छ, यो त आफ्नै कसुर हो, यसमा लोकलाज, कुल मर्यादालाई तोड्नुपर्छ, यसलाई तोडेपछि मात्र सच्चा पारलौकिक दैवी मर्यादा प्राप्त गर्नेछौ। यो विकारी दुनियाँ त जाँदैछ, हेर मीराले पनि लोकलाजलाई छोडिन् अनि मात्रै गिरधरलाई पाइन्। यदि त्यो लोकलाजलाई राख्यौ भने यो दैवी लोकको बन्न सक्नेछैनौ। तर कल्याणको लागि ईश्वरीय राय त दिइन्छ नै, अब त्यसमा आफ्नो बुद्धिले फैंसला गर्नु पर्छ। के गर्नु छ, के गर्नु उचित छ?
ॐ ओम शान्ति ।