Routine of Dhunibesi

Routine of Dhunibesi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Dhunibesi, Shopping & retail, Dhunibesi, Dhading.

24/06/2026

चितवन जिल्ला को इछ्याकामना गाउँ पालिका मा पर्ने जल्बिरे झर्ना एक चोटिघुम्न जानै पर्ने हेर्नुहोला

एस्तो बन्यो मन्त्री मन्डल
09/06/2026

एस्तो बन्यो मन्त्री मन्डल

09/06/2026

1 हप्ता भित्र 100 फलोर्स भयो भने ती मध्य छानेर 3 जना लाई
100
300
500 ब्यालेन्स हाली दिन्छु 😁😊
साच्चै हो झिटो होईन नि फेरि

09/06/2026

सुधन गुरुङ फेरि आज गृहमन्त्री मा फर्किदै हुनु हुन्छ

08/06/2026

follow पनि गरिदिनु न प्लिज

08/06/2026

फिलिपिन्स मा भूइंचालो संगै ज्वाला मुखिपनी फुटेको छ

08/06/2026

भुकम्प आयो अहिले सम्मकै ठुलो 7.8 म्याग्नोचुट को भुइँचालो फिलिपिन्स मा गयको छ

देश भर रासोपा को  अधिबेशन भैरहदा रबि लामिछाने पछ्या हाबी बालेन र विवेक सिल पछ्या  छैन चान्स राष्ट्रिय स्वतन्त्र पार्टीको...
08/06/2026

देश भर रासोपा को अधिबेशन भैरहदा रबि लामिछाने पछ्या हाबी बालेन र विवेक सिल पछ्या छैन चान्स

राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदा संस्थापन पक्ष हाबी भएको छ। रास्वपाको शनिबार र आइतबार प्रथम अधिवेशन सम्पन्न भएका ५० बढी जिल्लाका कार्यसमिति बन्दा सबैजसोमा सभापति रवि लामिछानेनिकट नेता चुनिएका छन्।

निर्वाचनअघि रास्वपामा बालेन्द्र शाह समूह र विवेकशील साझा पार्टीको एकता र समायोजन भएको थियो।

शाह समूह र विवेकशील साझा पक्षलाई सभापति लामिछानेले पार्टीमा पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गरेका थिए। समूहगत भागबण्डाकै आधारमा गत फागुन २१ को निर्वाचनको प्रत्यक्ष र समानुपातिक उम्मेदवार तय गरिएको थियो। रास्वपाले १८२ सिट जितेपछि बालेन्द्र शाह नेतृत्वमा बनेको सरकारमा पनि भागबण्डाकै आधारमा मन्त्री नियुक्त गरिएको देखिन्छ।

यही आधारमा रास्वपाको महाधिवेशन हुने महामन्त्री भूपदेव शाहले बताएका थिए। उनले एकताको महाधिवेशन भएकोले सर्वसम्मत नेतृत्व चयन गरेर सबै पक्षलाई समेटेर लैजान केन्द्रीय तहमा सहमति जुटेको दाबी गरेका थिए।

तर, प्रथम अधिवेशन भएका जिल्लामा उनीहरूको समूहगत उपस्थिति कमजोर देखिएको नेताहरू बताउँछन्। केही जिल्लामा रवि र बालेनगरी दुई समूह नै बनेको नेताहरू बताउँछन्।

‘केही जिल्लामा पदमा आउनका लागि बालेन टिमको, म संस्थापन पक्षको भनेर साथीहरूले प्रचार गरेको पाइयो,’ अधिवेशनका लागि जिल्ला दौडाहमा रहेका एक नेताले भने, ‘केन्द्रबाट गएकाले हस्तक्षेप गर्ने कि नगर्ने भन्ने पनि भयो र चुनाव गरियो। तर, उनीहरू नै चुनावबाट पराजित भएका छन्।’

नुवाकोट, रसुवा, काभ्रे, सुनसरी, मोरङ, लगायत केही जिल्लामा यसअघि तदर्थ समितिमा रहेकै जिल्ला सभापतिमा निर्वाचित भएका छन्। झापा जिल्ला सभापतिमा निर्वाचित ओमनाथ भण्डारी केन्द्रीय संगठन विभाग सदस्य थिए। उनी रास्वपा स्थापनाकालदेखि नै छन्। यस्तै बागमती प्रदेश सदस्य रहेका राजन अर्याल धादिङ जिल्ला सभापति बनेका छन्। उनले तदर्थ जिल्ला सभापति सूर्यमणि पाठकलाई पराजित गरे।

रास्वपाले जेठ २६ गतेभित्र ४ जिल्लाबाहेक सबैको अधिवेशन सक्ने संगठन विभाग उपप्रमुख बोधनारायण श्रेष्ठले जानकारी दिए।

‘डोल्पा, हुम्ला, मनाङ र मुस्ताङमा अधिवेशन हुँदैन, अन्य सबै जिल्लामा भइसक्छ,’ उनले भने।

चुनावी प्रक्रियाबाट जिल्ला अधिवेशन गरिएका ठाउँमा एकता र समायोजन

🗳️ रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन आज सभापतिमा पाँच जनाको दाबी ।जिल्ला सभापति पदका लागि हालका सभापति सूर्यमणि पाठकस...
06/06/2026

🗳️ रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन आज सभापतिमा पाँच जनाको दाबी ।

जिल्ला सभापति पदका लागि हालका सभापति सूर्यमणि पाठकसहित डा. कृष्णमान शाक्य, राजन अर्याल, रामकुमार थपलिया र दिलीप उप्रेती आकांक्षी देखिएका छन्। सहमतिमा नेतृत्व चयन नभए निर्वाचन प्रक्रियामार्फत नयाँ कार्यसमिति चयन गरिने तयारी गरिएको छ।

पालिका अधिवेशनहरूमा जस्तै जिल्ला तहमा पनि प्रतिस्पर्धात्मक नेतृत्व चयन हुने सम्भावनाले अधिवेशनलाई थप चासोको विषय बनाएको छ।

अधिवेशन उद्घाटनका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ।

रास्वपा धादिङको पहिलो जिल्ला अधिवेशनले आगामी नेतृत्व र संगठनको दिशा तय गर्ने अपेक्षा गरिएको छ।

04/06/2026

रबिन्द्र धन्त को अब हुने वाला फाइट

Address

Dhunibesi
Dhading

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Dhunibesi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share