Balen at Jhapa

Balen at Jhapa Mission for PM

26/01/2026

नेपालगञ्जमा बालेन शाह, जनताको उत्साह। #बालेनसाह #बालेनको ***nshah B***n Rastriya Swatantra Party - RSP

26/01/2026

नेपालगञ्जमा बालेन शाहको आगमन। जनताले भव्य स्वागत गरे। #बालेनसाह #बालेनको B***n Following Rastriya Swatantra Party - RSP

26/01/2026

Hamro bhauju le suru garnu vayo jhapa 5 ko chunabi abiyan B***n Following

26/01/2026

B***n shah ***nshah B***n Following

22/01/2026

यति राति पनि बालेन लगाएत उनको टिम पाथिभरा मन्दिरको उकालोमा जानेक्रम जारी
B***n

21/01/2026

हिजोको अर्ध–भिडियोको वास्तविकता ***nshah ***nshah B***n

जनलहरको सोच  ***nभोट हाल्नु अघि एकपटक सोचौँ, पढौँ।ओली लगातार रटान मारिरहेका छन्—“सिंहदरबार जलाउने आतङ्ककारी हुन्, बालेन ...
21/01/2026

जनलहरको सोच


***n
भोट हाल्नु अघि एकपटक सोचौँ, पढौँ।

ओली लगातार रटान मारिरहेका छन्—
“सिंहदरबार जलाउने आतङ्ककारी हुन्, बालेन तिनका मतियार हुन्।”

तर त्यसको अघिल्लो दिन यति धेरै युवा सहिद भए।
ऊ एक शब्द पनि बोलेन।
कसैले प्रश्न गर्दा ठाडो जवाफ—
“मैले मारेको होइन, पुलिसले मारेको हो, म किन जिम्मेवारी लिने ?”

ऊ देशको प्रधानमन्त्री थियो।
अलिकति पनि जिम्मेवारी लिएन।
अलिकति पनि शोक मनाएन।
अलिकति पनि सहानुभूति देखाएन।
सहिद परिवारसँग माफी माग्ने कुरा त परै जाओस्।
यस्तो मान्छेलाई किन भोट हाल्ने ?

यदि अघिल्लो दिन मान्छे नमरेका भए,
भोलिपल्ट केही पनि जल्ने थिएन।
परिवर्तन माग्ने आन्दोलनकारीलाई खुलेआम आतङ्ककारी भनिन्छ।
यस्तो सोच बोकेको मान्छेलाई कसरी भोट हाल्ने ?

देशमा पालैपालो भ्रष्टाचार गर्ने,
पालैपालो एक–अर्कालाई बचाउने—
“तँ पनि नबोल, म पनि बोल्दिनँ” भन्ने
ओली, देउवा र प्रचण्ड हुन्।
यिनलाई फेरि किन भोट हाल्ने ?

ललिता निवास किन टुङ्गिएन ?
गिरीबन्धु किन टुङ्गिएन ?
पोखरा विमानस्थलको आरोप किन टुङ्गिएन ?
यस्ता सयौँ भ्रष्टाचारका फाइल अलपत्र छन्।

कर्मचारीतन्त्र सडेको छ।
भन्सार र विमानस्थल सेटिङमा चल्छ।
देशका गृहमन्त्री खुलेआम भागबण्डा खोज्छन्।
जनतालाई शरणार्थी बनाएर विदेश बेचिन्छ।
अनि यिनैलाई फेरि जिताउने ?

किन फेरि भोट हाल्ने ?
किन फेरि जिताउने ?

एक रत्ति पनि जिम्मेवारी नलिने मान्छेलाई
झापा–५ का जनताले किन फेरि जिताउँछन् ?
हात काँप्दैन ?

सहिदहरूको अनुहार सम्झनुस्।
घाइतेहरूको पीडा बुझ्नुस्।
सहिदको अनुहारमा आफ्ना छोराछोरी,
आफन्त र प्रियजनको अनुहार राखेर हेर्नुस्।
त्यसपछि ओलीलाई भोट हाल्न मन लाग्छ ?
साँचै लाग्छ ?

हिजो ओलीको भाषण सुनियो—
“दमकमा टावर बनाएँ, सुरुङ मार्ग बनाएँ,
पूर्व–पश्चिम राजमार्ग ठूलो बनाएँ,
हुलाकी मार्ग बनाएँ।”

तर यी त उसको जिम्मेवारी हुन्।
छोराछोरीलाई स्कुल पठाउनु बुबाआमाको कर्तव्य भएजस्तै।
ऊ प्रधानमन्त्री थियो, ढुकुटीको साँचो उसैसँग थियो।
विकास अरू कसले गर्ने ? तपाईं–हामीले ?

यो युगमा एउटा सुरुङ मार्ग देखाएर
पूर्वप्रधानमन्त्रीले जनतालाई
इमोशनल ब्ल्याकमेल गर्न मिल्छ ?
देशको नेताले यस्तो गर्न सुहाउँछ ?

न्यूनतम विकास गरेर
“दया गरेर गरिदिएको” जस्तो भाषण गर्न मिल्दैन।
बनाएको विकासको जिम्मा लिने,
तर पुलिसको गोलीले मरेको मान्छेको जिम्मा नलिने ?

“मेरो हातबाट मरेको होइन” भन्ने,
तर बनेको संरचना चाहिँ
“मैले बनाएको” भन्ने ?
किन ?
किन ?

ए जनता,
अब भ्रममा बाँच्ने समय सकियो।
आँखा खोल्ने बेला आएको छ—खोल्नुस्।

देशलाई परिवर्तन चाहिएको छ।
तर त्यो परिवर्तन
तपाईं बदलिएपछि मात्र सम्भव हुन्छ।

छोराछोरी देश छाडेर टाढा गइसके।
तपाईं घरमा एक्लै हुनुहुन्छ।
तर तिनको सपना अझै बाँकी छ—
राम्रो देशमा फर्केर
आफ्नै बुबाआमासँग बस्ने।

यसपटक ओलीलाई छाडिदिनुस्।
यसपटक परिवर्तनको बाटो रोज्नुस्।


***nshah


B***n
Following

21/01/2026

B***n B***n

Address

Jhapa, Damak
Jhapa District
57200

Website

Alerts

Be the first to know and let us send you an email when Balen at Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share