04/07/2026
म यस प्रस्तावसँग सहमत छैन। हरियो बसलाई निलो रंग लगाउनु भन्दा सरकारले यी बसहरूलाई वास्तवमै “हरिया” बनाउन प्राथमिकता दिनुपर्छ। अहिले सडकमा चलिरहेका धेरै सरकारी बसहरू तथा फोहोर संकलन गर्ने गाडीहरूबाट अत्यधिक कालो धुवाँ निस्किरहेको देखिन्छ, जसले वातावरण र जनस्वास्थ्य दुवैमा गम्भीर असर पारिरहेको छ।
यो कुनै राजनीतिक विरोध होइन। एक जिम्मेवार नेपाली नागरिकको हैसियतले, स्वच्छ वातावरण र स्वस्थ नेपालको पक्षमा राखिएको मेरो विनम्र धारणा मात्र हो। रंग परिवर्तनभन्दा प्रदूषण नियन्त्रण, नियमित मर्मतसम्भार र स्वच्छ सार्वजनिक यातायातमा ध्यान दिन सके देश र नागरिक दुवैलाई धेरै ठूलो लाभ पुग्नेछ ! Indra Gurung @इन्द्र गुरुङ