02/03/2025
🇰🇷 दक्षिण कोरियाको नयाँ E-7-4R भिसा नियम २०२५ 🇰🇷
📝 (क्षेत्रीय विशेषता 숙련 श्रमिक भिसा) को लागि आवश्यक जानकारी 📝
✅ मूल आवश्यकताहरू:
✔️ पछिल्लो १० वर्षमा E-9, E-10, H-2 भिसामा २ वर्ष भन्दा बढी बसेको हुनुपर्छ।
✔️ हाल कानूनी रूपमा वैधानिक रोजगारमा कार्यरत हुनुपर्छ।
✔️ वार्षिक आय २,६००,०००₩ (लगभग २६ लाख कोरियन वोन) भन्दा बढी हुनुपर्छ। (कृषि/पशुपालन/मत्स्यपालनका लागि २,४००,०००₩ आवश्यक)
✔️ कम्तीमा १ वर्ष भन्दा बढी कार्यरत कम्पनीबाट सिफारिस प्राप्त गर्नुपर्छ।
✔️ ३०० मध्ये कम्तीमा २०० अंक प्राप्त गर्नुपर्छ।
---
❌ E-7-4R भिसाका लागि अयोग्य व्यक्ति:
🚫 १ मिलियन वोन भन्दा बढी जरिवाना तिरेका व्यक्ति।
🚫 कर तिर्न बाँकी रहेका व्यक्ति।
🚫 ४ पटक भन्दा बढी अध्यागमन उल्लङ्घन गरेका व्यक्ति।
🚫 ३ महिनाभन्दा बढी अवैध रूपमा बसेका व्यक्ति।
🚫 कोरियाको सार्वजनिक सुरक्षामा असर पुर्याउने वा कानूनी जोखिम भएका व्यक्ति।
---
📊 स्कोर तालिका (अधिकतम ३०० अंक)
🔹 A. वार्षिक आय (पछिल्लो २ वर्षको औसत) [अधिकतम १२० अंक]
💰 2,5000,000₩ ~ 3,00,00,000₩ = 50 अंक
💰 3,00,00,000₩ ~ 3,50,00,000₩ = 65 अंक
💰 3,50,00,000₩ ~ 4,00,00,000₩ = 80 अंक
💰 4,00,00,000₩ ~ 4,50,00,000₩ = 95 अंक
💰 4,50,00,000₩ ~ 5,00,00,000₩ = 110 अंक
💰 5,00,00,000₩+ = 120 अंक
---
🔹 B. कोरियन भाषा दक्षता [अधिकतम १२० अंक]
🏅 TOPIK २ (41~60 अंक) = ५० अंक
🏅 TOPIK ३ (61~80 अंक) = ८० अंक
🏅 TOPIK ४+ (81+ अंक) = १२० अंक
---
🔹 C. उमेर [अधिकतम ६० अंक]
👦 19~26 वर्ष = ४० अंक
🧑 27~33 वर्ष = ६० अंक
🧔 34~40 वर्ष = ३० अंक
👴 41+ वर्ष = १० अंक
---
🎯 बोनस अंकहरू (थप स्कोर)
🏛 केन्द्रीय मन्त्रालय वा प्रान्तीय सरकारको सिफारिस = ३० अंक
🏭 रोजगारदाता कम्पनीको सिफारिस = ५० अंक
⏳ हाल कार्यरत कम्पनीमा ३ वर्ष+ कार्य अनुभव = ५० अंक
🏡 ग्रामीण इलाका वा जनसंख्या घट्ने क्षेत्रमा ३ वर्ष+ कार्य = २० अंक
🎓 कोरियन डिग्री वा प्रमाणपत्र = २० अंक
🚗 कोरियन ड्राइभिङ लाइसेन्स = १० अंक
---
❌ कटौती अंकहरू (नकारात्मक कारकहरू)
🔻 १ मिलियन वोन भन्दा कम जरिवाना = ५~२० अंक घट्ने
🔻 कर तिर्न बाँकी रहेको = ५~१५ अंक घट्ने
🔻 अध्यागमन उल्लङ्घन वा जरिवाना = ५~१५ अंक घट्ने
---
🔔 विशेष जानकारी
📌 भिसा २०२५ अप्रिलदेखि लागू हुनेछ।
📌 E-7-4R भिसा लिएका व्यक्तिले जनसंख्या घट्ने क्षेत्रमा ३ वर्ष बस्नुपर्नेछ।
📌 भिसा पाएपछि २ वर्षसम्म तोकिएको कम्पनी वा क्षेत्रमा काम गर्नु अनिवार्य हुनेछ।
📌 परिवार (F-3 भिसा) लाई पनि ल्याउन सकिनेछ।
🙏
Pawan8848