07/09/2026
हार्दिक श्रद्धाञ्जली
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा नेपाल सरकारले आज देशभर राष्ट्रिय शोक दिवस मनाएको छ।
यस दुःखद् अवसरमा देशैभरका सरकारी कार्यालयहरूका साथै विदेशस्थित नेपाली राजदूतावासहरू र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
बाढीका कारण अल्पआयुमै जीवन गुमाएका अमूल्य आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।
अमर आत्माहरूले चीरशान्ति पाऊन् 🕊️
स्वयम्भू महाचैत्य भगवान बुद्धले सबै आत्माहरुलाई सुगती प्रदान गरून्।
नमो बुद्धाय
साधु साधु साधु