21/06/2026
Thank you, Sikkim Project, for this review.
Constructing Sikkimese Identity: Colonialism, Monarchy, and History in Alex McKay’s ‘The Mandala Kingdom’
https://sikkimproject.org/constructing-sikkimese-identity-colonialism-monarchy-and-history-in-alex-mckays-the-mandala-kingdom/
The Mandala Kingdom: A Political History of Sikkim by Alex McKay, Rachna Books, Gangtok. (2021). ISBN 978-81-89602-12-3. Rachna Books
"The book delivers a rich historical account of the British period in Sikkim. Using previously unpublished Royal Family archives, McKay advances fresh insights and presents a comprehensive account from the perspective of the rulers, establishing the book as a significant contribution to Sikkimese history. He illuminates the interplay of Buddhism, Tibetan influence, and the interests of the ruling elite in crafting Sikkim’s historical narrative. The book traces Sikkim's mythic origins under the Namgyal dynasty through the long arc of British colonial engagement. It culminates in the political crisis that led to the merger with India in 1975. McKay offers a nuanced, deeply researched account that challenges many received interpretations of Sikkimese history."
द मण्डला किङ्डम: ए पोलिटिकल हिस्ट्री अफ सिक्किम 'ले सिक्किमको ब्रिटिसकालीन इतिहासको समृद्ध र गहन विवरण प्रस्तुत गर्दछ।। अघि प्रकाशित नभएका राजपरिवारका अभिलेखहरूको प्रयोग गर्दै, म्याकेले नयाँ दृष्टिकोणहरू अघि सारेका छन् र शासक वर्गको हेराईबाट सिक्किमको इतिहासलाई व्यापक रूपमा व्याख्या गरेका छन्। यसले यस पुस्तकलाई सिक्किमको इतिहाससम्बन्धी अध्ययनमा एक महत्वपूर्ण योगदानका रूपमा स्थापित गर्दछ। सिक्किमको ऐतिहासिक आख्यान निर्माणमा बौद्ध धर्म, तिब्बती प्रभाव, र शासक अभिजात वर्गका हितहरूमाझको अन्तरक्रियालाई उनले उजागर गरेका छन्। पुस्तकले नामग्याल राजवंशअन्तर्गत सिक्किमको मिथकीय उद्गमदेखि लिएर ब्रिटिस उपनिवेशवादी हस्तक्षेपको लामो यात्रालाई समेटेका छन्। यसको अन्त्य १९७५ मा भारतसँगको विलयतर्फ डोर्याउने राजनीतिक सङ्कटमा हुन्छ। सिक्किमको इतिहासको धेरै प्राप्त व्याख्याहरूलाई चुनौती दिने गरेर म्याकेले एउटा सूक्ष्म, गहन अनुसन्धानमा आधारित र सन्तुलित विश्लेषण प्रस्तुत गरेका छन्।
Reviewer: Dr. Lavomit Lepcha
Nepali Translator: Tika Bhai
Please Read, Share, and Comment!