Kirat sunuwar(koinch)

Kirat sunuwar(koinch) किराँत बंशको मूल किपट भुमि रहेको वल्लो किरात सुनुवार-कोँइच जाति।

Sunuwar | Sunwar | Mukhiya | Mukhia | Koich | Koinch | Koits |

:- सुनुवार जाति बारे छोटो परिचय

भुमिका
#नेपाल बहुल जाती, धर्म, सस्कृति, भाषाभाषी भएको राष्ट्र हो। यहाको इतिहास, जातियता, भाषिक एंब सास्कृतिक बिबिधताको बिशेषताले नेपाललाई छुट्टै पहिचान दिएको छ। नेपालमा भएका १०३ भन्दा बढी जाती समुदायहरु र १२३ भन्दा बढी भाषाहरु बोलिने समुदाय मध्य "सुनुवार" जाती पनि एक हो। गोर्खा राज्यको बिस्तार सगै खस भाषाको सुनुवार नाम रहेता पनि सुनुवार जातिको आफ्नो मौलिक नाम भने "कोइँच" हो।

सुनुवार को हुन?
#इतिहास- नेपालको भुभागमा प्राचीन समयदेखी आफ्नो छुट्टै बिशिष्ट संरचना बोकेका, परम्परागत न्याय प्रणाली भएका, आफ्नो भाषा, कला, सस्कृती, साहित्य, धर्म-सस्कार अंगाल्दै आएका लिखत र अलिखित इतिहास बोकेका किरात समुदाय अन्तर्गत पर्ने वल्लो किरात किपटिया भुमी भएको आदिबासी किरात-कोइँच नै "सुनुवार" जाती हुन।

नेपालको राजनीति र राज्य संचालनको प्राचीन इतिहासमा किरातबंशको प्रथम राजा यलम्बरदेखि अन्तिम राजा खिगु/गस्ती सम्म गरि ३२ पुस्ता राज्य संचालन गरेका किरातबंशी सुनुवार जातीको हाल ऐतिहासिक किरात भुमी रोल्वालिङ हिमशृङ्खलालाई मुल बनाएर दक्षिण-पुर्व भएर बग्ने मध्य पुर्वी नेपालको सुनकोशी, तामाकोशी, लिखु र शाखा नदिहरु खिम्ती, मोलुङ, येलुङ नदि सेरोफेरोका दोलखा, सोलुखुम्बु, रामेछाप, ओखलढुंगा, सिन्धुली र उदयपुरका भुभागहरु परापुर्वकालदेखि बसोबास रहेको पुर्खौली थातथलो हो। हाल पुर्बी नेपालको सम्पुर्ण जिल्लाहरुमा बसोबास गर्दछन भने भारतको दार्जीलिङ र सिक्किम तथा भुटानमा नेपाल एकीकरण अगावै देखि नै उल्लेख्य बसोबास रहेको पाइन्छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा ५५,७१२ सुनुवार जातिको जनसंख्या रहेको छ।

#वर्ण/बनावट
मानवशास्त्रीय वर्गीकरण अनुसार किराँती-कोइँच सुनुवार जाती मङ्गोलाइड स्टक (mongoloid stock) अन्तर्गत पर्दछन जुन नेग्रोइड(negroid), ककेसाइड(caucasoid) र अस्ट्रालोइड(autraloid) मानव सभ्यता र झुन्डको भन्दा फरक गुण प्राचीन मानव सभ्यता भएका जाती हुन। सुनुवार जाती शारीरिक रुपले अनुहार प्राय पहेलो र रक्त बर्ण, चिम्सो आँखा, थेप्चो-नेप्टे नाक, होचो मोटो कद, दारी-जुँगा कम भएका हुन्छन।

#भाषा-
भाषा बिज्ञान अनुसार टिबेटो बर्मन परिवारको हिमाली भाषाको बिबिध शाखाहरु मध्य सुनुवार जातिले भोट-बर्मेली परिवारमा पर्ने आफ्नो मातृभाषा "कोइँच-लो" भाषा बोल्दछ्न।

#धर्म र मुक्दुम
सुनुवार जातिले किरात धर्म मान्ने गर्दछन। किरात एउटा सभ्यता हो, समुदाय हो, बंश हो, आचरण हो, बिश्वास हो। किरात सुनुवारहरुको धार्मिक शास्त्र/ग्रन्थलाई "मुक्दुम" भनिन्छ। मुक्दुमले प्रकृति र पुर्खालाई मुल केन्द्र मान्दछ जसानुसार सुनुवार जातिको जीवनशैली ,रहनसहन, रितिरिवाज र धर्म-सस्कृति चलेको हुन्छ। मुक्दुममा जीवन र जगतको दर्शन, बिज्ञान र बिस्वासको ब्याख्या पाइन्छ। मुक्दुम ४ बिधामा बिभाजन गरिएकाछन-
१)ससि मुक्दुम- सृष्टि, चाडबाड, मानव, पृथ्वी र अन्य
२)मुइलि मुक्दुम- आदार सद्भाव गर्ने र किन गर्ने निराकरण
३)मुल्केम मुक्दुम- सस्कार र सस्कृती
४)पार्सार मुक्दुम- शिक्षा, जडिबुटी, उपदेश, युद्ध
मुक्दुम कार्य गर्ने ब्यक्तिहरुलाई पोइँब, नाह्सो: र ग्याँमि भनिन्छ। यिनै मुक्दुम ब्यक्तिहरुद्वरा नै सुनुवार जातिको सम्पुर्ण सस्कारहरु गरिन्छ। सुनुवार जातिको लिखित/अलिखित इतिहास छ l

१) जाति - किरात कोइँच - सुनुवार भाषामा सुनुवारलाई कोइँच भनिन्छ
२) भाषा - कोइँच लो- भोट-बर्मेली परिवारको भाषा
३) धर्म - किरात - किरात धर्म भन्नाले प्रकृति पुजक र प्रित्री पुजक
४) बंश - किरात
५) धर्मशास्त्र/दर्शनशास्त्र - मुक्दुम
६) मुल किपट भुमि - वल्लो किरात
७) वर्ण - मंगोल
८) इतिहास - आदिबासी/मुलबासी (त्यस भुमिमा अन्त कहि कतैबाट नआएर सुरुको कालदेखी नै बसोबास गरेको मुल जाती)

कोइँच (सुनुवार ) अन्तरगतका बिभिन्न थर/उपथरहरु:
१) ओङदा (ओर ओङदा र पुर्बेली ओङदा)
२) कातिच,
३) कोर्मोच
४) कुइतिच
५) क्याबा- बगाले क्याबा, राराली क्याबा, तुमली क्याबा
६) कालाङ (काउनीफुचे र खारपाङचो)
७) कारसिङ
८) कालीकाते
९) गौरच
१०) गाउडेलि,
११) ङावाच
१२) चेंबाली
१३) छोङ्पतिज/ख्योँङपतिच,/ख्योंङ्पत
१४) जिजिच
१५) जेस्पोच
१६) जेतिच-सदुवा जेतिच ,पालुवा जेतिज
१७) जान्चा
१८) जिमलुङ
१९) तोङ्कुच
२०) तुर्सुच
२१) तुर्कुच
२२) मुलिच
२३) सोकुच
२४) रापच
२५) रुपाच
२६) रवाच
२७) लस्पाच
२८) याता -गर्षी याता, बम्ना याता , ओख याता ,ग्राम्सी याता ,सुरि याता लगायत अन्य याता
२९) दुर्बिच
३०) देब्बाच
३१) फतिच
३२) ष्युष्युच
३३) स्योचुल
३४) नोम्लीच
३५) लिनु/लिनुच
३६) दिर्गच
३७) वाङ्गदे
३८) बिग्या
३९) ठंग्राच
४०) दसुच
४१) ब्रम्लीच
४२) लोकुच
४३) हेताम (बोवोला)
४४) ब्राच
४५) बिनिच
४६) यलंगुच
४७) थुँगुचा
४८) थोलोच
४९) नोप्लिज/नोम्लिच
५०) पर्गाच
५१) रूजिच
५२) लुखिच
५३) लिलुच
५४) लोर/लोरुङ
५५) लोपा
५६) लाराम
५७) सुचिज
५८) सोङना (दलमुखी, बगाले, भालोचन, भासकार)
५९) लिलामी लगायत अन्य.....

:- स्मरण रहोस सुनुवार , सुनार र राई आ-आफ्नै फरक पहिचान भएका ३ भिन्नभिन्न जातिहरु हुन् l त्यसैले जो कोहि पनि नझुक्किनु होला l चेरेदुमिन (धन्यवाद )

😍faleu ki falena teta ??
08/08/2024

😍faleu ki falena teta ??

आजलाई पुगेउ 😍 मन पर्छ कि पर्दैन नि 🥹😎😎😜
05/08/2024

आजलाई पुगेउ 😍 मन पर्छ कि पर्दैन नि 🥹😎😎😜

किराँती महान चाड श्याँदर पिदार-उभौलीको सम्पुर्णमा हार्दिक शुभकामना 🥰🥰
23/05/2024

किराँती महान चाड श्याँदर पिदार-उभौलीको सम्पुर्णमा हार्दिक शुभकामना 🥰🥰

🥰🥰🥰🙏🏻🙏🏻🙏🏻
08/05/2024

🥰🥰🥰🙏🏻🙏🏻🙏🏻

Sunday is your best day. You know you had an amazing week. Time to recover and think how you gonna kill the next one.😉😉😉...
17/02/2024

Sunday is your best day. You know you had an amazing week. Time to recover and think how you gonna kill the next one.😉😉😉😉😉😉

11/02/2024
06/02/2024

😀guff

住所

Toshima, Tokyo
170-0014

電話番号

+818064357369

ウェブサイト

アラート

Kirat sunuwar(koinch)がニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Kirat sunuwar(koinch)にメッセージを送信:

ショートカット

共有する

カテゴリー