18/09/2026
हाम्रो (नेवार समुदायको) मौलिक विश्वकर्मा: असोज १ गते होइन, नवमीमा जोडिएको परम्परा
बिश्वकर्मा
भारतिय पौराणिक धाराबाहिक हेर्दा बिश्वकर्मा भनेर कुनै पनि भवन निर्माण गर्ने देवताको रुपमा प्रस्तुत गरिएको छ । पार्वतीलाई बैकुण्ठ धाम र ब्रम्हलोक देखेर आफू कैलाशमा बस्नु परेपछि एक स्वर्ण नगरीमा बस्ने ईच्छा जाग्छ । तसर्थ महादेवसंग जिद्दी गरि स्वर्ण नगरी लंका बनाउछ । उक्त लंका नगरी पनि बिश्वकर्माले नै बनाएको भनी उल्लेख गरिएको छ । एक हिसाबले भन्ने हो भने बिश्वकर्मा भन्नाले आधुनिककालको दकर्मी वा ईन्जिनियर हो । तसर्थ आजको समयमा अवाले र प्रजापतिहरुले बिश्वकर्माको पूजा गर्ने गर्दछ । बिश्वकर्माको पूजा दशैंको नवमीको दिन मेसिन, ज्यावलको साथमा पूजा गर्ने गर्दछ । यसरी बिश्वकर्मा पूजा गर्दा चित्रकारहरुले बनाएको मौलिक तस्बिरमा पूजा गर्दछ । तर हाल असोज एक गतेका दिन बिश्वकर्मा दिवस भनेर पूजा गर्ने चलन बढ्न थालेको छ । यसरी पूजा गरिने बिश्वकर्मा भने चित्रकारहरुले बनाएको मौलिक चित्र नभई आयातित दाह्री भएका बिश्वकर्माको तस्बिर हो । दशैंको नवमीमा पूजा गरिने बिश्वकर्मा र असोज १ गते पूजा गरिने बिश्वकर्माको आकृती भने फरक रहेको छ । दशैंको नवमीमा पूजा गरिने बिश्वकर्माको आकृतीमा मञ्जुश्रीको रहेको छ । त्यस्तै अवाल र प्रजापतिले पूजा गर्ने बिश्वकर्मा भनि गणेश भगवानको पूजा गरिन्छ ।
लेख: GR Ranjit