Puja Samagri & General Stores

Puja Samagri & General Stores All types of Puja Samagri are available here...please do support for us

21/10/2023

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।

घटस्थापनामा साथै नवदिनमा चाहिने सम्पुर्ण सामानहरु उपलब्ध छ ।हिन्दुहरुको सबैभन्दा महत्वपूर्ण पर्व बडा दशैं आजबाट सुरु भएक...
12/10/2023

घटस्थापनामा साथै नवदिनमा चाहिने सम्पुर्ण सामानहरु उपलब्ध छ ।

हिन्दुहरुको सबैभन्दा महत्वपूर्ण पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज बिशेष गरि जमरा राख्ने दिन पनि हो । दशैमा राखिने जमराको आफ्नै धार्मिक महत्व छ ।

दसैंमा मान्यजनबाट टीका ग्रहण गर्दा टीका सँगै कानमा लगाइने धान, गहूँ, मकै र जौका लामा आँकुरालाई नै जमरा भनिन्छ । विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् ।

घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो । दशैँमा बाहेक अन्य समयमा पनि पुजा-आज्ञा हुन्छ तर जमरा राखिदैन । बडादसैँको पहिलो दिन दशैंघरमा घटस्थापना गरी त्यस घटमा गोवरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदीबाट ल्याइएको बालुवाको वेदी बनाई त्यसमा पनि जौ छरिन्छ । विभिन्न जातजातिमा धान, गहुँ मकैजस्ता अन्न पनि जौमा मिसाएर छर्ने चलन छ । जौ रोपिएको घडामा विभिन्न देवीदेवताको आहृवान गरी घडामाथि थालीमा भगवती दुर्गाको प्रतिमा राखिन्छ । नवरात्रभरि भगवती दुर्गाका नौ स्वरूपको पूजा यस घडामा अवस्थित थालीमा गरिन्छ । यसरी उम्रेको जमरा विजयादशमीको दिन आफ्नो कुलदेवताहरूलाई अर्पण गरी प्रसाद स्वरूप पुर्णिमाको दिनसम्म लगाउने गरिन्छ ।

जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थ हो भने जौलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । पछिल्लो समय जौ को जुस भन्दै मिडियाहरुमा पनि यसका बिशेषताको बारेमा धेरै सुन्न र पढ्न पाइन्छ । वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रूपमा लिइएको छ । यसैकारण हुनसक्छ यज्ञयज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ । पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ । पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिहरूमा म जौ हुँ भनेर भन्नुभएको हुनाले पनि यसको धार्मिक महìव कत्तिको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्व धेरै छ । आयुर्वेदिक ग्रन्थमा जौ र जौको अङ्कुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ । आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौ उपयुक्त रहेको आजका वैज्ञानिकहरूले पत्ता लगाएका छन् । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद -क्यान्सर) एवं मधुमेहजस्ता रोगहरूलाई ज्यादै फाइदा पुर्‍याउँछ । यसको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउने भनाइ छ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले चाँडै शरीरमा तागत आउने कुरा विभिन्न खोजबाट पत्ता लागिसकेको छ ।

कसरी उमार्ने दशैंको जमरा ?
१. जमरा उमार्न सर्वप्रथम जौ, गहुँ, धान र मकैको बिउ प्रयोग गर्नुपर्छ ।

२. दशैंको जमरा उमार्न शुद्ध तथा अध्याँरो ठाउँ छान्नुहोस् ।

३. सर्वप्रथम जौं/मकै/धान/गहुँको बिउलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्नुहोस् ।

४. अब एक दुना र अर्को टपरीमा माटो राख्नुहोस् र भरिने गरि भिजाएर राखिएका बिउहरु राख्नुहोस् र हल्का माटोले ढाकिदीनुहोस । साथै राखिएको जमरामा हरेक दिन पानी हाल्न भने भुल्नु हुँदैन । साथै घामको सोझो सम्पर्कमा पनि राख्नु हुँदैन । टपरी छैन भने गमलाको पनि प्रयोग गर्न सकिन्छ ।

५. अब दुना र टपरीमा पानीले माटो भिज्नेगरी राखेर अध्यारो र ओशिलो स्थानमा लगेर राख्नुहोस् ।

६. फुलपातीको दिनसम्ममा तपाइले रोपेको बिउहरु अंकुराई सकेको हुन्छ ।

७. अष्टमीका दिन दुनामा अंकुराएको जमराको प्रयोग गरिने चलन छ । दशैंको दिन खसी/राँगा काट्दा उक्त दुनाको जमरा प्रयोग गरेर पुजा गर्ने चलन पनि छ ।

८. टपरीमा अंकुराएका जमराहरु अष्टमी र नवमीको दिनसम्ममा पहेलो भएर निकै आकर्षक देखिन्छन् जसलाई टिकाको दिन प्रसादको रुपमा प्रयोग गरिन्छ र पुर्णिमाको दिनसम्म पनि उक्त जमराको प्रयोग टिका थाप्न आउनेहरुलाई लगाएर गरिन्छ ।

26/08/2023
आगामी भाद्र २० गते बुधबार  श्री कृष्ण जन्माष्टमी को पबित्र दिन परेको हुनाले कृष्णका सम्पुर्ण सामान हरु फोटाहरु, कृष्ण ड्...
25/08/2023

आगामी भाद्र २० गते बुधबार श्री कृष्ण जन्माष्टमी को पबित्र दिन परेको हुनाले कृष्णका सम्पुर्ण सामान हरु फोटाहरु, कृष्ण ड्रेस , बासुरीआदि आजै देखि उपलब्ध छन् । जय श्री कृष्ण ।।।

पुजा सामाग्री एन्ड जेनरल स्टोर्सबिर्तामोड १ रामचौक झापा शिव मुर्ति गेट सङै ।
17/08/2023

पुजा सामाग्री एन्ड जेनरल स्टोर्स
बिर्तामोड १ रामचौक झापा
शिव मुर्ति गेट सङै ।

जय भोले बाबा ।।
11/08/2023

जय भोले बाबा ।।

ॐ
06/08/2023

आज साउन महिनाको दोस्रो सोमबार ।Puja Samagri & General Stores Ramchowk Jhapa9862373180/9844613530
24/07/2023

आज साउन महिनाको दोस्रो सोमबार ।

Puja Samagri & General Stores
Ramchowk Jhapa
9862373180/9844613530

साउन महिना अर्थात पबित्र महिना ।साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ। ज्योतिषशास्त्रअनुसार स...
10/07/2023

साउन महिना अर्थात पबित्र महिना ।

साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ। ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ। अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ। हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ।

हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ । पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन्९ साउने सोमबार, र्सोह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ ।

हार्दिक श्रद्धाञ्जली हजुरको स्वर्गमा बास होस ।
10/07/2023

हार्दिक श्रद्धाञ्जली हजुरको स्वर्गमा बास होस ।

। आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् ।आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्...
29/06/2023

। आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् ।

आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ ।

प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ । हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।

चतुर्माससमेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस अवधिमा पर्ने आठवटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गरिन्छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

आज बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्छ ।

आजैदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ । वर्षका २४ एकादशीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ ।

धार्मिक दृष्टिले विष्णु भगवान्का प्रतीकका रुपमा तुलसी रोपेर यो एकादशीलाई मनाउने परम्परा हुँदा सो एकादशीलाई तुलसी एकादशीसमेत भनिन्छ । एकादशीलाई हिन्दूहरुको महत्वपूर्ण पर्वका रुपमा मानिएको छ ।

Address

East West Highway
Birta

Alerts

Be the first to know and let us send you an email when Puja Samagri & General Stores posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Puja Samagri & General Stores:

Share