T-shirt Ghar

T-shirt Ghar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from T-shirt Ghar, Shopping & retail, Morang, Haraincha.

आज Bhulke Youth Society को आयोजनामा आरम्भ सुधार केन्द्र, सुन्दरहरैंचा–१२ को समन्वयमा  “लागूपदार्थ दुर्व्यसन विरुद्ध युवा...
12/05/2026

आज Bhulke Youth Society को आयोजनामा आरम्भ सुधार केन्द्र, सुन्दरहरैंचा–१२ को समन्वयमा “लागूपदार्थ दुर्व्यसन विरुद्ध युवाहरूका लागि चेतनामूलक कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदछौं।

यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

विशेष रूपमा सुन्दरहरैंचा–१२ का वडा अध्यक्ष आदरणीय श्री रोशन प्रसाद ढकाल ज्यूलाई कार्यक्रम सञ्चालनका लागि सहयोग, प्रेरणा तथा साथका लागि विशेष धन्यवाद व्यक्त गर्दछौं। साथै यस कार्यक्रमलाई सफल बनाउन सहयोग तथा समन्वय गर्नुहुने सुन्दरहरैंचा–१२ वडा कार्यालयप्रति पनि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं।

त्यसैगरी, Bhulke Youth Society को आयोजनामा आरम्भ सुधार केन्द्र, सुन्दरहरैंचा–१२ को समन्वयमा कार्यक्रम सञ्चालन गरिएकोमा आरम्भ सुधार केन्द्रका सञ्चालक आदरणीय उज्वल श्रेष्ठ ज्यूलाई कार्यक्रम सफल बनाउन दिनुभएको सहयोग, साथ र प्रेरणाका लागि विशेष धन्यवाद व्यक्त गर्दछौं।

साथै आरम्भ सुधार केन्द्रका काउन्सेलर तथा सम्भवत: कोशी प्रदेशभरिका सुधार केन्द्रमध्ये अनुभवी काउन्सेलर आदरणीय टिकाराम सिग्देल ज्यूलाई प्रभावकारी काउन्सेलिङ, मार्गदर्शन तथा सचेतनामूलक सहजीकरणका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

त्यसैगरी, आरम्भ सुधार केन्द्र तथा इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी ज्यूलाई प्रभावकारी काउन्सिलिङ तथा सचेतनामूलक सहजीकरणका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

साथै कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थी साथीहरू, शिक्षक वर्ग, अतिथिज्यूहरू, पत्रकार मित्रहरू तथा हलमा उपस्थित सम्पूर्ण महानुभावहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछौं।

कार्यक्रम Bhulke Youth Society को आयोजनामा तथा आरम्भ सुधार केन्द्र, सुन्दरहरैंचा–१२ को समन्वयमा सफलतापूर्वक सञ्चालन गरिएको हो।

कार्यक्रम निर्धारित समयभन्दा केही ढिला हुन गएकोमा यहाँहरू समक्ष क्षमाप्रार्थी छौं। यहाँहरूको धैर्यता, साथ र सहयोगप्रति हामी अत्यन्त आभारी छौं।

“लागूपदार्थ त्यागौं, उज्ज्वल भविष्य रोजौं” भन्ने सन्देशसहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

— Bhulke Youth Society

Address

Morang
Haraincha

Telephone

9825337351

Website

Alerts

Be the first to know and let us send you an email when T-shirt Ghar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share