13/08/2026
आदरणीय ग्राहक महानुभावहरू,
म Kishan Bhagat। सर्वप्रथम यहाँहरू सम्पूर्णमा मेरो हार्दिक नमस्कार।
आज म यहाँहरूका लागि एउटा महत्त्वपूर्ण सूचना लिएर उपस्थित भएको छु।
Dermaliza परिवारप्रति यहाँहरूले देखाउनुभएको निरन्तर विश्वास, साथ र सहयोगप्रति हामी हृदयदेखि नै आभारी छौँ। यही विश्वासको सम्मानस्वरूप, यस आर्थिक वर्षमा रु. ५ लाख वा सोभन्दा बढीको कारोबार गर्नु भएका सम्पूर्ण ग्राहक महानुभावहरूलाई श्रावण महिनाको अन्तिम हप्ता तथा भदौ महिनाको पहिलो हप्तामा विशेष भ्रमण (Reward Trip) मा सहभागी गराइनेछ।
भ्रमण कार्यक्रम:
- पहिलो रात: पोखरा बसाइ
- दोस्रो रात: जोमसोम, मुस्ताङ बसाइ
- तेस्रो रात: पवित्र मुक्तिनाथ दर्शन तथा बसाइ
यस यात्रामा यातायात, खानपान तथा बसोबासको सम्पूर्ण खर्च Dermaliza Company ले नै व्यहोर्नेछ।
हामीलाई यहाँहरूको अमूल्य साथ, विश्वास र सहयोगले आज यो स्थानसम्म पुग्न प्रेरणा दिएको छ। आगामी दिनहरूमा पनि यस्तै माया, विश्वास र साथ Dermaliza Company लाई निरन्तर प्रदान गरिदिनुहुनेछ भन्ने पूर्ण आशा गर्दछौँ।
धन्यवाद।
For more information 9804888528
9765720802
Kishan Bhagat
ANIDHI ENTERPRISE PVT LTD
PUNAM SHINGAR STORES