Sabaila bazar

Sabaila bazar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sabaila bazar, Sabaila bazar, Janakpur.

हाजरि जवाफ प्रतियोगिता सबैला सेवा समिति द्धारा हाजिरीजवाफ, प्रमाणपत्र पुरस्कार वितरण गरिनेछ । सबैला नगरपालिकाको खुल्ला म...
05/10/2018

हाजरि जवाफ प्रतियोगिता सबैला सेवा समिति द्धारा हाजिरीजवाफ, प्रमाणपत्र पुरस्कार वितरण गरिनेछ ।

सबैला नगरपालिकाको खुल्ला मंञ्चमा गुरास युवा कल्ब सबैला द्वारा संञ्चालित हाजरी जवाफ खुल्ला प्रतियोगिता प्रर्दशन हुदैछ अहिले सबैला बजारकाे मंच मा ।

धनुषाको  सबैला,सताेखर मा बोलबमको रौनक गुन्जयाे,कावरिया जताततै पहेलो  । असाेज ०८ , २०७५समभु पण्डित धनुषा , असाेज ०८ गते ।...
24/09/2018

धनुषाको सबैला,सताेखर मा बोलबमको रौनक गुन्जयाे,कावरिया जताततै पहेलो ।

असाेज ०८ , २०७५
समभु पण्डित

धनुषा , असाेज ०८ गते । हिन्दू धर्मावलम्बीहरूले शिवको पुजा गर्नेछ । शिवको पुजा हरेक बर्ष यहा मनाइने गरिन्छ । भादाै चढेसँगै सबैलामा जताततै बोलबमको चहलपहल बढ्दो देखिन्छ । सबैला नगरपालिका वडा न : ९ मा बिगत कालदेखि नै अाउदै गरेकोे बर्सेनि बाेलबम भादाै महिनाकाे पुर्णिामा अन्नद चतुर्द्शी काे दिन बाेल बम गेरुवस्त्र धारण गरी नदी तथा कुण्डमा गई स्नान गरी त्यहाँबाट ल्याएको जल गाईको दूध, बेलपत्र शिव मन्दिरमा चढाइन्छ ।

कमला नदि बाट जल ल्याई “बोलबम” भन्दै यात्रा गर्दाको वातावरण बेग्लै देखिएको छ । हरेक साल बोलबम यात्रा गर्नेहरुको ठूलो भीड बरमझिया,रघुनाथपुर,बर्कुर्वा,सबैला, गाेबिन्दपुर,सताेखर समेत बोलबमय भएको छ ।

धनुषा जिल्लाकै एक प्रसिद्ध धार्मिक स्थलको रुपमा मानिने सप्तेशवरनाथ महादेव मन्दिर बोलबम यात्रा गर्ने यात्रीहरुको बढ्दो चहलपहलले खास गरेर सबैला र कुशमशा (सताेखर) मा कावरियाहरुको भिड बढी देखिन्छ । सबैला नगरपालिका मा वर्षेनि बोलबम कार्यक्रमको आयोजना गरिदै आइएको छ । बरमझिया स्थित कमला नदीमा कावरियाहरु स्नान गरी जल लिएर आफ्नो बोलबम यात्रा तय गर्छन् ।

बोलबम यात्रामा युवायुवतीको आकर्षण पनि उत्तिकै छ । बाेल बम गर्न विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् ।
पछिल्लोे समय विभिन्न ठाउँहरुबाट बोलबम यात्राका लागि सबैला आउनेक्रम वृद्धि भएको छ ।

बाेलबम जाने वा फिर्ति हुने कबडीयाहरुको ठुलो भिड लागेको छ । चर्को घाममा नाङगो खुट्टा भगवान शिव जी लाई खुशि पार्न श्रद्धालुहरुले शिव मन्दिरमा जल चढाउन जल लिइ आउने र जल लिइ जाने कबडीयाहरुको भिड उतिकै देखिन्छ ।

स्थानीय सबैला बासिले कबडीयाहरुको स्वागतको लागि दिल खोलेर लागेको छ । चर्को घाममा नाङगो खुट्टाका भक्तजनहरूलाई शितल हुने पानिको व्यवस्था घाईते बमहरुलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ ।

बोलबम कार्यक्रमका लागि पछिल्ला वर्षमा संस्कृतिका रूपमा विकास हुँदै गएको छ ।

बिशवर्कमा पुजाको उपलक्ष्यमा सम्पुर्ण देश र बिदेश बस्नु भएकाेमा हार्दिक शुभकामना।                जय बाबा बिशवकर्मा पुजा
17/09/2018

बिशवर्कमा पुजाको उपलक्ष्यमा सम्पुर्ण देश र बिदेश बस्नु भएकाेमा हार्दिक शुभकामना।

जय बाबा बिशवकर्मा पुजा

दुल्हिझै शृङ्गारिए महादुर्गा भुमी,चैती दुर्गाको उपलक्ष्यमा बिशेष कार्यक्रम सहित मनाइदै चैत नवमी   #सबैला_बजार
25/03/2018

दुल्हिझै शृङ्गारिए महादुर्गा भुमी,चैती दुर्गाको उपलक्ष्यमा बिशेष कार्यक्रम सहित मनाइदै चैत नवमी
#सबैला_बजार

धनुषाको  सबैला नगरपालिका अन्तर्गत भठिहनमा चैती दुर्गा लाई लिएर १००० भन्दा थप कलश सहित कलश यात्रा निकालिएको छ।मुख्य आकर्ष...
18/03/2018

धनुषाको सबैला नगरपालिका अन्तर्गत भठिहनमा चैती दुर्गा लाई लिएर १००० भन्दा थप कलश सहित कलश यात्रा निकालिएको छ।मुख्य आकर्षण पहलबानी,कबड्डी लगायत नाचगान एवं तीन दिने मेला आयोजन गरिएको छ।

परिक्रमा अनुसार होलिमा फागुन पर्वको  सन्ध्यामा  (सम्म्द्द) जलाउने कार्यक्रम को एक झलक !
02/03/2018

परिक्रमा अनुसार होलिमा फागुन पर्वको सन्ध्यामा (सम्म्द्द) जलाउने कार्यक्रम को एक झलक !

१५ दिने परिक्रमाको अन्तिम बास जनकपुरधाम, शुक्रवार, अन्तगृह परिक्रमा-----------------------------------------------------...
01/03/2018

१५ दिने परिक्रमाको अन्तिम बास जनकपुरधाम, शुक्रवार, अन्तगृह परिक्रमा
--------------------------------------------------------
मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत भक्तजनहरुको टोली अन्तिम बास जनकपुरधाम आउने कम्र सुरु भएको छ ।

१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत भक्तजनको टोली बुधवार भारतको बिसौलमा बिश्राम
गरेको टोली आज जनकपुर पुगी बिश्राम गर्नेछ । परिक्रमावासीहरु एतिहासिक तिरहुतिया गाछी तथा रंगभूमी मैदान बाह्रबिघामा बिश्राम गर्नेछन ।

त्यसपछि शुक्रवार जनकपुरमा अन्तगृह पछि मिथिला माध्यमिकी परिक्रमा बिधिवत् रुपमा सम्पन्न हुनेछ ।

मिती : २०७४/०९/११ गते ।मो.सा.को नक्कली बिलबुक बनाउने गिरोह पक्राउजिल्ला धनुषा लगायत मध्य तराइका विभिन्न जिल्लाहरुमा चोरी...
26/12/2017

मिती : २०७४/०९/११ गते ।
मो.सा.को नक्कली बिलबुक बनाउने गिरोह पक्राउ

जिल्ला धनुषा लगायत मध्य तराइका विभिन्न जिल्लाहरुमा चोरीका मोटरसाइकल लगायतका सवारी साधनहरुको नक्कली बिलबुक बनाइ ओसारपसार लगायत बिक्रि वितरण गर्ने कार्यमा संलग्न रहेका चार जनालाई जि.प्र.का.धनुषा बाट खटिएको क्राइम ब्रान्चको टोलिले दुइ थान चोरीका मो.सा. र सो मो.सा.का दुई थान नक्कली बिलबुक सहित पक्राउ गरि अभियुक्तहरुलाई मिती २०७४/०९/११ गते सरकारी छाप दस्तखत किर्ते मुद्धामा सम्मानित जिल्ला अदलतबाट म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको ।
1. नाम थर : संजय ठाकुर
उमेर : ३८ वर्ष
टेगाना : जि.धनुषा जनकपुर उपमहानगरपालिका वडा नं. ८

2. नाम थर : रहमद नदाफ
उमेर : २२ वर्ष
ठेगना : जि.धनुषा

३. नाम थर : अरविन्द्र कुमार यादव
उमेर : ३१ वर्ष
ठेगाना : जि.धनुषा औरही गाँउपालिका वडा नं.१ ( पौडेश्वर )

४. नाम थर : सन्तोष मण्डल
उमेर : २७ वर्ष
ठेगाना : जि.धनुषा औरही गाँउपालिका वडा नं.१ ( पौडेश्वर )

Address

Sabaila Bazar
Janakpur

Alerts

Be the first to know and let us send you an email when Sabaila bazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share