Grihini Store

Grihini Store It is a convinenance store. It is located at Athithisadan road just west of Sanichare road north of Mukti Chook, Birtamod, Nepal.

18/01/2026

सुचना:

मिती २०८२/१०/०५ गते सोमबारका दिन गृहिणी स्टोर बन्द रहनेछ । भोली पल्ट, माघ ०६ गते स्टोर साबिक समयमा बिहान ७.३० बजे खुल्नेछ । बन्दबाट ग्राहक बर्गमा पर्ने गएको असुबिधा प्रती क्षमाप्रार्थी छौँ ।

गृहिणी स्टोर परिवार

13/04/2025

नयाँ बर्ष २०८२ काे उपलक्ष्यमा मङ्गलमय शुभकामना।

21/07/2024

सबै गुरुहरुमा नमन ।

11/03/2024

मायाँ होस त हाम्रो जस्तो दुनियाँ डाहा गर्छ
जुगौं जुग बाँचे पनि तिम्रै हुने मन छ
ओरालीमा झर्दा होस या उकालीमा चड्दा
तिम्रो याद आइरन्छ हरेक सास फेर्दा
मायाँ होस त हाम्रो जस्तो दुनियाँ डाहा गर्छ
जुगौं जुग बाँचे पनि तिम्रै हुने मन छ ।

झुल्के घाम उदाउँदा सित उडी जान्छ
तिम्रो छेउ बसौं भन्छु केले छेक्छ छेक्छ
मायाँसँगै हाँसौं भन्छु केले रुवाउँछ
मायाँसँगै मरौं भन्थें किन बचाइ दिन्छ ?

आजकल तिमी सम्झी निक्कै टोलाउँछु
गहभरी आँसु हुन्छ तै नि मुस्कुराउँछु
बसन्तले पाउलो हाल्यो फेरी तिम्लाई सम्झें
कती चोटी बिर्सुं भन्छु किन याद आउँछेउ
मायाँ होस त हाम्रो जस्तो दुनियाँ डाहा गर्छ
जुगौं जुग बाँचे पनि तिम्रै हुने मन छ ।
2080.09.08
Yadu Nath Timsina
Birtamode, Jhapa

09/03/2024

"बुधे र उस्को बाउ"

नरोउ आमा,
बाबाको धाम-गमन हो
आशु झार्नु हुन्न क्या
हेर त ----
म ठुलो भैइसकेको छु ।
छोरा! तँलाई म के सुनाउँ
त्यो कोशीको तीर
चतारा घाट
अनि
कोकापारिको चुच्चे अग्लो कुहिनिटो
जीवन हारेको म
मर्न पाए नि चोला फेरिन्थ्यो
सोच्थें।
डिल्कै मास्तिरको अंगेरिको बोटबाट
गुलाबी रातो फूल
मेरै आँखा अगाडी
घुम्दै खस्यो
हावाको झोक्कासँगै
कोशीको बेगिलो पानीमा

बिलायो भेलसंगै
मुन्तिरको भुमरीमा ।
झल्यांस्स बिउझिएं
अनि
आफ्नै टाउकोमा
खौ हान्दै
फरक्क फर्किएं
भित्ता पट्टी ।
बिना प्रतिकृया
अँगेरीको बोट
सदाझैं
ठिङ्ग उभिएको थियो
लाग्थ्यो
उस्ले बुद्धत्व प्राप्त गरेको छ।
त्यो दिन
अद्भुत थियो
मेरो जिवनको
म घर फर्किएँ ।
सपना जस्तै लाग्छ बुधे!
त्यो साँझ्
रात्री लाग्न थियो
सिन्दुर-पोते मात्र सकिएको थियो
मेरो कानैमा
उस्ले ओठै टाँसेर
खुसुक्क भन्यो
"म पाँच मिनेट गएर आउछु है"
मैले टाउको हल्लाएँ
तर उ फर्किएन
त्यही बेला मेरो
सपना टुट्यो
बिपना उड्यो
धुलाम्मे भएर ।
हराएको तेरो बाउ
कोशी किनारबाट म
घर पुग्दा
पिँडिमा
पुरानो पिर्का तानेर
तुसुक्क बसेको देखेँ
बार्ह बर्ष भैसकेको थियो
फुत्कियो बोलि
त्यो साँझको मौनाता चिर्दै
बुधेको बाउ….
बुधेको बाउ…।
हामी खुब रोयौं
त्यो साँझ
अतित सम्झिएर
हात भरिको अँगालोमा कसिएर
अतित भुलेर
अनि
तँ जन्मिस
मेरो कोख भर्दै ।

बिर्तामोड ५ झापा
२०८० ।११ ।२४

सम्पूर्ण ग्राहक बर्ग तथा नेपालीहरुमा महान चाड शुभ-दीपावली को मंगलमय शुभकामना ।                        गृहिणी परिवार     ...
11/11/2023

सम्पूर्ण ग्राहक बर्ग तथा नेपालीहरुमा महान चाड शुभ-दीपावली को मंगलमय शुभकामना ।
गृहिणी परिवार
बिर्तामोड, अतिथी सदन रोड

नयाँ बर्ष २०८० ले सबैमा सुख, शान्ति, र समृद्धिको बहार ल्याउन सकोस । सबैमा हार्दिक मंगलमय शुभकामना ।Cheers
13/04/2023

नयाँ बर्ष २०८० ले सबैमा सुख, शान्ति, र समृद्धिको बहार ल्याउन सकोस । सबैमा हार्दिक मंगलमय शुभकामना ।
Cheers

Address

East Of Nepal Bank Ltd
Jhapa District
00977

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 06:00 - 21:00
Sunday 06:00 - 21:00

Telephone

023546215

Alerts

Be the first to know and let us send you an email when Grihini Store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share