Shraddha Saraswoti Pustak Pasal

Shraddha Saraswoti Pustak Pasal Remember us for all kinds of school/collage's text books, literature (nepali) books, story books for childrens, etc.

08/08/2024

पढ्नुका फाइदा:
प्रविधिको यो जमाना, ट्विटर, फेसबुक र इन्स्टाग्रामले भुसुक्कै समय खाइदिने यो बेलामा पूरै उपन्यास वा कुनै पुस्तक पढ्नु या पत्रिकाका छोटा लेख पढ्नु नै घनघस्याको उकालो भइरहेको छ । तर धेरैजसो शोधले पढ्नुले मनोवैज्ञानिक र संज्ञानात्मक हिसाबले निकै उपयोगी हुने देखाइसकेको छ ।
विद्वानहरूले पढ्नुका विविध फाइदा देखाएका छन् । तीमध्ये केही यस्ता छन्ः
१. तीक्ष्णता बढाउँछः बालकथाकार डा. सेउसले लेखेका छन्, ‘तपाईं जति पढ्नु हुन्छ, त्यति बढी कुरा थाहा पाउनुहुन्छ । जति बढी सिक्नुहुन्छ, त्यति ठाउँ घुम्नु हुन्छ ।’ एउटा असल पुस्तकले ज्ञानको खानी खोलिदिन्छ र त्यो खानी तपाईंले अन्त कतै पाउनु हुन्न । किताब पढेर बालबालिकाले जति शब्द सिक्छन्, टेलिभिजनबाट नसिक्ने केहीको दाबी छ । ५० प्रतिशत बढी शब्द किताबले नै दिन्छ । साना बेलामा जति बढी पढ्यो, त्यो पढाइ पछि निकै काम लाग्ने अध्ययनले देखाएको छ ।
२. मस्तिष्क शक्ति बढाउँछः नियमित पठनले व्यक्तिलाई तीक्ष्ण, सचेत बनाउँछ साथै मस्तिष्कको शक्तिसमेत बढाइरहेको हुन्छ । हिँड्दा जसरी तपाईंको कार्डियोभास्कुलर प्रणालीले नियमित काम पाई शरीर तन्दुरुस्त पार्छ, पढ्ने क्रममा आएका शब्द तपाईंको दिमागमा घुमिरहँदा मस्तिष्कले काम गर्ने अवसर पाउँछ । जति बढी काम पायो, मस्तिष्क उति सक्रिय हुन्छ र जुन अङ्ग सक्रिय भयो, त्यसले दिने परिणाम पनि उति नै राम्रो हुन्छ । एउटा अध्ययनअनुसार, साहित्य पठनले अन्य व्यक्तिबारेको बुझाइ बढाउँछ । त्यस्तै यसले अघिल्तिर व्यक्तिको अनुहारको हाउभाउ पढ्न सक्ने पनि बनाउँछ ।
३. ध्यान केन्द्रित गर्न सघाउ पुर्याउँछः छोटा ब्लग र समाचार पढ्ने धैर्य र पूरै किताब पढ्ने धैर्यबीच फरक छ । किताब पढ्नेहरुमा बढी धीरता हुन्छ । धीरता बढी हुने व्यक्तिको आफ्नो सोचलाई केन्द्रिकृत गर्न सक्छ । किताब पढ्न बाहिरी संसारबाट पूरै विच्छेद भई बस्नुपर्ने हुन्छ । यो विच्छेदले तपाईंभित्रको सचेतता बढाउँछ ।
४. सिर्जनशीलता बढाउँछः किताब पढ्दा तपाईंले त्यसका पात्र, हाउभाउ, पृष्ठभूमि, तिनका महत्वाकांक्षा, इतिहास र कैयौँ साना कुराहरु याद आउँछ । किताबमा गाँसिएका स–साना उपकथा पनि सम्झनु हुन्छ । मोटा किताब पढ्नुका फाइदा के हुन्छ भने आवश्यक परेका बेला ती उपकथा स्वाट्ट अन्य प्रसङ्गमा जोडिएर आउँछन् । ती प्रसङ्गले तपाईंको सिर्जनशीलता बढाउन सहयोग पुर्याउँछन् ।
५. तनाव घटाउँछः किताब पढ्नुको फाइदा यो पनि एउटा हो । युनिभर्सिटी अफ ससेक्सले गरेको एउटा अध्ययनअनुसार पढ्दै नपढ्ने व्यक्तिको तुलनामा दिनमा कम्तिमा पनि ६ मिनेट पढ्ने बानी भएका मानिसहरुको तनाव सहज बनाउने, मांशपेसीको दबाब खुकुलिने गर्छ । पढ्ने मानिसको तनावको तह स्वाट्टै तल झर्ने गर्छ । काम वा पारिवारिक झन्झटको जतिसुकै बढी तनाव होस्, पढ्न बसेपछि त्यो तनावको स्तर घट्छ ।
६. मज्जाको निद्रा लाग्छः अमेरिकाको माया क्लिनिकले गरेको एउटा अध्ययनअनुसार निद्रा कम लाग्ने वा नलाग्ने मानिसलाई किताब थमाइदियो भने स्वाभाविक निद्रा लगाउन सहयोग गर्छ । सुत्नुअघि टेलिभिजन हेर्नुभन्दा किताब पढ्नुले राम्रो निद्रा लगाउने पनि माया क्लिनिकले गरेको अध्ययनले देखाएको छ । अमेरिका र युरोपजस्ता विकसित मुलुकमा भने किताबको साटो इलेक्ट्रोनिक सामग्रीहरु इबुक वा ट्याब्लेटमा पढ्ने बानी विकसित हुन थालेकामा भने चिन्ता गर्न थालिएको छ । तिनले निद्रा चोर्न थालेको चिकित्सकहरुको निष्कर्ष छ ।
७. लेखन शक्ति बढाउँछः जसले बढी पढ्छ, उसको शब्दसामथ्र्य बढी हुन्छ । जसको शब्दसामथ्र्य राम्रो हुन्छ, उसले लेखेको बढी बुझिने हुन्छ । अर्कोतर्फ बढी पढ्ने व्यक्तिमा अन्य राम्रा लेखकको प्रभाव नजानिदो किसिमले घुसेको हुन्छ । त्यो राम्रो प्रभावका कारण त्यस्ता व्यक्तिका लेखनीमा स्पष्ट झल्किन्छ । समयक्रममा लेखनीमा परिष्कार हुँदै एउटा भिन्दै शैली बन्ने हुनाले बढी पढ्ने व्यक्तिका कुरा बढी पढिने पनि हुन्छ ।

30/09/2021
14/09/2021
10/10/2020

TEACHERS COPY:

Business Mathematics - Grade XI

Viber/Whatsapp your Teacher ID Card to +977-9849771756,
+977-9808399153 & get FREE BOOK SAMPLES delivered to your home.

20/07/2020
Stay strong !
12/06/2020

Stay strong !

14/05/2020

काठमाडौं । सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइनमै अध्ययन तथा सिकाई सामग्री उपलब्ध गराएको छ । .....

Address

GYAN MARGA, PALIKHE CHOWK
Kaski
977

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

+97761540701

Website

Alerts

Be the first to know and let us send you an email when Shraddha Saraswoti Pustak Pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shraddha Saraswoti Pustak Pasal:

Share

Category