2B Books

2B Books आउनुस् शब्दमा हराऔँ !

पुस्तक : सम्झना भैरव स्मृतिग्रन्थलेखक : विभिन्नविधा : स्मृतिग्रन्थ"नेपाली साहित्यको आधुनिक हास्यव्यङ्ग्य विधामा मूर्धन्य...
25/07/2025

पुस्तक : सम्झना भैरव स्मृतिग्रन्थ
लेखक : विभिन्न
विधा : स्मृतिग्रन्थ

"नेपाली साहित्यको आधुनिक हास्यव्यङ्ग्य विधामा मूर्धन्य व्यक्तित्व स्वर्गीय भैरवको असामयिक निधनपश्चात् अनेकौं साहित्यकार-विद्वानहरूले विभिन्न माध्यमद्वारा श्रद्धाञ्जली अर्पण गरे। विभिन्न साहित्यकार र भैरवलाई माया गर्ने विशिष्ट व्यक्तिहरूको सदाशयबाट ०३७ सालको ऋषिपञ्चमीको अवसर पारेर 'सम्झना' नाउँको एउटा प्रकाशन पाठकसमक्ष आयो। भैरव अर्यालको सम्झनामा त्यतिबेला 'सम्झना' मार्फत गरिएको यौटा प्रणलाई अहिले भैरव पुरस्कार गुठीको तर्फबाट पूर्णता दिने प्रयास हो 'सम्झना : भैरव स्मृतिग्रन्थ'।"
- सम्पादकीय

पुस्तक : दोभानलेखक : विजयबहादुर मल्लविधा : लघु नाटक-सङ्ग्रह"यी एकाङ्की नाटकहरूमा लेखकको आफ्नै विचारधारा पोखिएको छ। त्यसै...
24/07/2025

पुस्तक : दोभान
लेखक : विजयबहादुर मल्ल
विधा : लघु नाटक-सङ्ग्रह

"यी एकाङ्की नाटकहरूमा लेखकको आफ्नै विचारधारा पोखिएको छ। त्यसैले उहाँका पूर्णाङ्की अथवा एकाङ्की नाटकहरूमा समाजको रमाइलो चित्रण पाइन्छ। समाजलाई सूक्ष्म दृष्टिले हेरी नाटकको माध्यमद्वारा त्यसको मनोवैज्ञानिक विश्लेषण गर्नु नै मल्लजीको विशेषता हो भन्ने लाग्दछ।"
- लैनसिंह बाङ्गदेल

पुस्तक : भवानी भिक्षु : कृतित्व र व्यक्तित्वसंयोजन-सम्पादन : भाउपन्थीविधा : कृतित्व र व्यक्तित्व"भवानी भिक्षुमा पूर्णतः ...
23/07/2025

पुस्तक : भवानी भिक्षु : कृतित्व र व्यक्तित्व
संयोजन-सम्पादन : भाउपन्थी
विधा : कृतित्व र व्यक्तित्व

"भवानी भिक्षुमा पूर्णतः समर्पित यो कृति 'भवानी भिक्षु : कृतित्व र व्यक्तित्व' ले पश्चिम तराईमा जन्मी हुर्कीबढी शिक्षादीक्षा पाएका मूलतः मधेसकै एक अवधीभाषी तर आफ्नो सम्पूर्ण लेखकीय जीवन नेपाली भाषामा नेपाली साहित्य सिर्जनामै समर्पण गर्ने भिक्षुबारे र उनले नेपाली साहित्यमा अर्जेको एक अक्षय स्थान, उनका सदा पठनीय कृतिहरू र उनको व्यक्तित्वका विभिन्न पक्षको पुनः स्मरण गराउन समर्थ छ।"
- गङ्गाप्रसाद उप्रेती

पुस्तक : बङ्गलादेशका समकालीन कथाहरूअनुवादक : ध्रुवचन्द्र गौतमविधा : कथासङ्ग्रह"यी कथाहरू पढ्दा मलाई के लाग्यो भने, दक्षि...
22/07/2025

पुस्तक : बङ्गलादेशका समकालीन कथाहरू
अनुवादक : ध्रुवचन्द्र गौतम
विधा : कथासङ्ग्रह

"यी कथाहरू पढ्दा मलाई के लाग्यो भने, दक्षिण-पूर्वी एसियाली देशका कथावस्तुहरू मिल्दाजुल्दा हुँदा रहेछन्। प्रस्तुत सङ्कलनले हामीलाई बङ्गलादेशीय समाज र जीवनको विविध चित्र दर्साएको छ। दारिदय्र मनोवैज्ञानिक द्वन्द्व, सामाजिक र राजनैतिक परिस्थितिको चित्रण यस सङ्ग्रहमा बडो प्रभावकारी किसिमले गरिएको छ।"
- अनुवादक

पुस्तक : अविरल बग्दछ इन्द्रावतीलेखक : रमेश विकलविधा : उपन्यास"प्रस्तुत उपन्यास इन्द्रावती किनारका जनजीवनको कथा हो। यो हा...
21/07/2025

पुस्तक : अविरल बग्दछ इन्द्रावती
लेखक : रमेश विकल
विधा : उपन्यास

"प्रस्तुत उपन्यास इन्द्रावती किनारका जनजीवनको कथा हो। यो हाम्रो बदलिँदो आर्थिक, सामाजिक र सांस्कृतिक जीवनको पनि कथा हो र निष्कर्षमा नयाँ सन्दर्भसुहाउँदा जीवनमूल्यको खोजीको कथा हो।"
- माधवप्रसाद घिमिरे

पुस्तक : जिन्दगी र समयलेखक : ध्रुव मधिकर्मीविधा : कथासङ्ग्रह"यी कथाको पृष्ठभूमिमा धेरैजसो त्यही भक्तपुर देखापर्छ, जसको प...
11/07/2025

पुस्तक : जिन्दगी र समय
लेखक : ध्रुव मधिकर्मी
विधा : कथासङ्ग्रह

"यी कथाको पृष्ठभूमिमा धेरैजसो त्यही भक्तपुर देखापर्छ, जसको प्राचीन शिल्पकलाले अलकापुरीको झलक दिन्छ, जहाँको खेतबारी शहरैसित जोरिएका छन्, जहाँ शहरभित्र पनि अपरिवर्तित ग्राम्य जीवन र वेगले परिवर्तित हुन लागेको शहरी जीवन सँगसँगै छन्। यी कथाहरू कृषि-सभ्यताबाट आधुनिक सभ्यतातिर प्रवेश गरिरहेको, तर त्यसको असीमित लालसा पूर्ति गर्न नसकेको समाजको विरोधाभास र विसंगतिका कथा हुन्। यी कथाहरू समयले ल्याएका अन्योल र अनिश्चिततालाई भोग्न परिरहेका कथा हुन् र आजको समयले गरेका यस प्रश्नका कथा पनि हुन्।"
- माधवप्रसाद घिमिरे

पुस्तक : दुर्गा हजुरमाको भूतलेखक : प्रदिप नेपालविधा : बाल उपन्यास"हाम्रो नानीहरू अर्थनबर्थको हिन्दी टेलिश्रृङखलामा रमाउन...
10/07/2025

पुस्तक : दुर्गा हजुरमाको भूत
लेखक : प्रदिप नेपाल
विधा : बाल उपन्यास

"हाम्रो नानीहरू अर्थनबर्थको हिन्दी टेलिश्रृङखलामा रमाउन थालेको धेरै घरहरूमा देखेँ। मलाई लाग्यो- साहित्यिक छन्को दिन नसके पनि मैले एउटा बाल उपन्यास लेख्नै पर्छ। नानीहरूको जीवनसँग सम्बन्ध राख्ने एउटा किताब लेख्नै पर्छ। मैले एउटा भूतको कथा लेख्ने निर्णय गरेँ। विषयवस्तु म स्वयमका लागि नौलो थियो। आफैँलाई पत्यार नलाग्ने खालको।"
- लेखक

पुस्तक : ब्लफ कलरलेखक : द्वारिका कुईकेल (थापा)विधा : उपन्यास"आजको युग चमत्कारी युग हो, यसमा कुनै शंका छैन, तर आज यी चमत्...
09/07/2025

पुस्तक : ब्लफ कलर
लेखक : द्वारिका कुईकेल (थापा)
विधा : उपन्यास

"आजको युग चमत्कारी युग हो, यसमा कुनै शंका छैन, तर आज यी चमत्कारी आविष्कारहरू माथी हुने गरेका दुर्व्यवहार, दुरुपयोग, विकृति, विसंगति र दुराचारहरूक‍ो विषयलाई लिएर लेखकले एउटा रोचक उपन्यास बनाउनु भएको छ। समाजमा घट्ने गरेका घटनाहरूलाई विवेचना गरी समाजलाई ऐना देखाउनु यस उपन्यासको लक्ष्य रहेको छ।"
- प्रदिप कोइराला

पुस्तक : विकासे च्याङ्ग्रोलेखक : विश्व शाक्यविधा : हास्यव्यङ्ग्य नाटिका सङ्ग्रह"प्रस्तुत पुस्तकका चरित्रहरूले खेलेका भुम...
08/07/2025

पुस्तक : विकासे च्याङ्ग्रो
लेखक : विश्व शाक्य
विधा : हास्यव्यङ्ग्य नाटिका सङ्ग्रह

"प्रस्तुत पुस्तकका चरित्रहरूले खेलेका भुमिका र तिनीहरूका संवादबाट आएका सन्देशहरूले नेपाली जनजीवनका धेरै पक्ष विपक्षहरूलाई उजागर गर्दछन् र त्यसबाट सुधारका न्युनाधिक आभासहरू पनि पाइन्छन्।"
- बसन्त पन्त

पुस्तक : विगत आगतलेखक : हरिहर खनालविधा : कथासङ्ग्रह"यस भित्रका कथाहरू विविध माध्यम र कोणहरूबाट आफै बोल्दैछन्। कथा पढ्दै ...
07/07/2025

पुस्तक : विगत आगत
लेखक : हरिहर खनाल
विधा : कथासङ्ग्रह

"यस भित्रका कथाहरू विविध माध्यम र कोणहरूबाट आफै बोल्दैछन्। कथा पढ्दै जाँदा धेरै ठाउँमा हामी आफैलाई पाइरहेका हुन्छौं। कथाहरू हामी भन्दा टाढाका छैनन्। अनुभवी कलमले अझै विषय चयनमा विविधता र परिस्कार खोज्नु जाती हुनेछ।"
- प्रभातकुमार जोशी

पुस्तक : '.... समर्पये'लेखक : कमल दीक्षितविधा : निबन्धसङ्ग्रह"यसमा सङ्कलित लेखहरूमध्ये सबै एकनासे छैनन्, छ्यासमिसे विषयह...
04/07/2025

पुस्तक : '.... समर्पये'
लेखक : कमल दीक्षित
विधा : निबन्धसङ्ग्रह

"यसमा सङ्कलित लेखहरूमध्ये सबै एकनासे छैनन्, छ्यासमिसे विषयहरूलाई लिइएको छ। बहुसंख्यक निबन्धहरू व्यक्ति परिचय, उनीहरूको सान्निध्यमा रहँदाका अनुभव र तिनका गुण-ग्राहिताबारे नै लेखिएका देखिन्छन्। चाहे ती रानी जगदम्बाबारे, सुवर्णविक्रम थापाबारे वा कामरेड रोहितबारे होस्।"
- ध.च. गोतामे

पुस्तक : कागतीको सिरपलेखक : कमल दीक्षितविधा : निबन्धसङ्ग्रह"यी सबै निबन्धहरू गोरखापत्रसम्बन्धी छन्। यी निबन्धहरूले गोरखा...
03/07/2025

पुस्तक : कागतीको सिरप
लेखक : कमल दीक्षित
विधा : निबन्धसङ्ग्रह

"यी सबै निबन्धहरू गोरखापत्रसम्बन्धी छन्। यी निबन्धहरूले गोरखापत्रको क्रमबद्ध इतिहास प्रस्तुत नगरे तापनि गोरखापत्रका विभिन्न पहलूबारे जानकारी दिन्छन्। यी सबै लेखहरूले लेखकको खोजपूर्ण कलमको परिचय दिनुका साथै गोरखापत्रको अनुसन्धान हुनुपर्दछ भन्ने कमल दीक्षितको तीब्र लगनलाई बराबर व्यक्त गरेका छन्।"
- रामचन्द्र मलहोत्र

Address

Kathmandu

Telephone

+9779746458818

Website

Alerts

Be the first to know and let us send you an email when 2B Books posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 2B Books:

Share

Category