21/08/2020
पशु सेवा विभागले कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने भन्दै ढुक्क भएर उपभोग गर्न आग्रह गरेको छ ।
विभागले बुधबार एक विज्ञप्ति जारी गरि कुखुराको मासु र अण्डाको नियमित सेवनबाट कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउने भन्दै हाल कुखुराको मासु र अण्डाबारे फैलिएको भ्रममा नपर्न अनुरोध गरेको हो ।
हाल सामाजिक संजालमा कुखुराको मासुमा कोरोना भन्ने नकारात्मक समाचार समाचारहरु प्रकाशित र प्रशारण भएको भन्दै पोल्ट्री व्यवसायमा असर गर्ने यस्ता भ्रामक समाचारको पछि नलाग्न विभागद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
विभागका अनुसार हालसम्म कुनै जनावर र पंक्षीबाट कोरोना सर्ने वैज्ञानिक आधार नरहेको समेत उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनको अनुसन्धानबाट कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने पुष्टि भएको हो ।
केहिदिन अघि विभिन्न संचारमाध्यमहरुमा कुखुराबाट कोरोना संक्रमण हुने खतरा रहेको भन्दै समाचार प्रकाशित भएको थियो । बजारमा सो बारे भ्रम फैलिएपछि विभागले पोल्ट्री व्यवसायमा असर पर्ने भन्दै अफवाहको पछि नलाग्न सबैमा अपिल गरेको हो ।
हाल नेपालमा कोरोना संक्रमण दर बढ्दै गएपछि विभिन्न क्षेत्रमा दोस्रो पटक निषेधाज्ञा जारी गरिएको छ । काठमाडौँ उपत्यकामा समेत आजबाट निषेधाज्ञा जारी गरिएको हो ।
काठमाडौँ , पशु सेवा विभागले कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने भन्दै ढुक्क भएर उपभोग गर्न आग्रह गरेको छ ...