Bikalpa books

Bikalpa books Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bikalpa books, Book shop, putalisakdak, Kathmandu.

26/05/2024

रु ५०० जित्ने अवसर😍
नियम :-
१. आज SRH vs KKR कस्ले जीत छ comment गर्नुपर्ने ।
२. यस Bikalpa books . Page लाई follow गर्नुपर्ने ।
३ कमेन्टमा तीनजना साथीलाई मेन्सन गर्नुपर्नेछ।
प्रत्येक ५ जना लाई १००/१०० को रिचार्ज नभए e-sewa transfer गरिने छ ।
नतिजा भोलि बिहान प्रकाशित हुनेछ लकी ड्र मार्फत
कस्ले जितछ?

राष्टिय अनुसन्धान साहयक सुचक, सुरक्षा गाड र परिचर को विज्ञापन अन्लाइन फर्म भर्न र किताब को लागि सम्झनु होला
24/05/2024

राष्टिय अनुसन्धान साहयक सुचक, सुरक्षा गाड र परिचर को विज्ञापन
अन्लाइन फर्म भर्न र किताब को लागि सम्झनु होला

09/05/2024

यस कम्पनीको खुला तथा समावेशी विज्ञापन अन्तर्गत अत्याधिक रुपमा आवेदन फारामहरु दर्ताको प्रयास भर्इ online system मा बढी चाप पर्न जांदा आवेदन फाराम भर्न असुविधा हुन गएकोले single दस्तुरको अन्तिम मिति २०८१।१।२७ गते पछाडि थप १ दिन २०८१।१।२८ सम्म single दस्तुरमा नै फाराम भर्न सकिने व्यवस्था मिलार्इएको हुदा सुविधाजनक रुपमा आवेदन फाराम भर्नुहुन सम्वन्धित सवैमा अनुरोध छ ।

पदपूर्ति सचिवालय
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड

16/04/2024
09/04/2024

कर्णाली प्रदेश लोक सेवा आयोगले प्राविधिक चौथो तहको विज्ञापन गरेको छ
#अहेव : २१ जना
#अनमी : ३७ जना
#ल्याब असिस्टेन्ट :२
#बैध: १ जना
#भेटेरीनरी : १८ जना

#दस्तुर दिने अन्तिम मिति :2081-01-17
#दोब्बर दस्तुर तिरी दरखास्त दिने अन्तिम मिति : 2081-01-24

खै के भने नेपाल मा काम पाइदैन भन्ने हरुलाइ
03/04/2024

खै के भने नेपाल मा काम पाइदैन भन्ने हरुलाइ

IQ Teacher haru ko roilaa
29/03/2024

IQ Teacher haru ko roilaa

koshi
18/03/2024

koshi

15/03/2024

शिक्षक सेवा आयोग तथा लोक सेवा आयोग र कुनै पनि प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्दा कसरी गर्ने?🙏❣️ कति गज्जब ।।

प्रथम चरण:
* कुन पद/तहको तयारी गर्ने निश्चित गर्नुहोस्।
* मुल पुस्तक(Syllabus Oriented Guides) र सन्दर्भ सामाग्री(Reference Books) संकलन गर्नुहोस्।
* लक्ष्य प्राप्तिको समयसीमा(Deadline) तोक्नुहोस्।
* लक्ष्य प्राप्तिको लागि आवश्यक योजना(Planning) र रणनीति(Strategy) तयार गर्नुहोस्।
* अब शुरूवात(Start Reading) गर्नुहोस्।
* SMART Study

दोस्रो चरण: अध्ययन, लेखन र सन्तुलन/तालमेल

* अध्ययनमा निरन्तरता (Continuity) दिनुहोस्। हरेक दिन जति भएपनि (आधा, १/२/३/४...घण्टा ) पढ्ने र सँगसँगै लेख्ने (टिपोट) गर्ने गर्नुहोस्।

* विभिन्न पत्रपत्रिकाका(Daily Newspapers) दैनिक लेख, समाचार, र सरकारी पत्रीका(Magazines/Special Editions) विशेषांक पढ्नुहोस्। र साथै महत्त्वपूर्ण कुरा नोट गर्दै जानुहोस्।
- जस्तै: सोपान , अन्तरास्ट्रिय मञ्च, कान्तिपुर , गोरखापत्र , आर्थिक अभियान , The Kathmandu Post, etc.
- प्रशासन, पराग, निजामती , कर्मचारी , JOPA, CAMAD, कानुन, आदि।
- माथिल्लो तहको/पदको पुस्तक अध्ययन गर्नुहोस्। शाखा अधिकृतको तयारी गर्दैहुनुहुन्छ भने- उपसचिव र सहसचिवको लागि लेखिएका पुस्तक र सन्दर्भ सामाग्रीहरुको पनि अध्ययन गर्नुहोस्।
* गहिराइमा गएर अध्ययन गर्नुहोस्। हरेक पक्षको अध्ययन।

* सकारात्मक सोच (Positive Mentality) को निर्माण गर्नुहोस्।
- मेहेनतमा विश्वास (Believe in Hard Work)
- आत्मविश्वास (Self-confidence)
- भयबाट मुक्ति (Fearless)
- कल्पनाशक्ति (Do Imagination)
- खुशी र रहर गरेर पढ्नुहोस् (Read Happily)
- स्वाध्ययन (Self-study)
- स्वप्रेरित (Self-motivated)
- अरुका राम्रा सुझाव मान्ने (Follow good suggestions)
- Auto-suggestion
- Imagination and Visualization
- Never Complain
- Face the Challenges
- Solve your Problems
- Be Optimistic

* यी कुराको व्यवस्थापन गर्नुहोस्।
- Time Management
- Stress Management
- Money Management
- Personal, Family and Friendship (Relations) Management

* यी कुरालाई प्रेम गर्नुहोस्:
- नयाँ कुराको खोजी (Learning New things )
- अध्ययन र लेखन (Reading and Writing)
- आफुलाई र अरुलाई (Yourself and Others)
- Your Family, Friends, supporters and Mentors

* भरपुर फाईदा लिनुहोस्:
- Google, Internet, Related Websites, Blogs
- Social Media: Facebook, Twitter
- Youtube
- Online Newspapers
- Seniors (अग्रजहरु)

* सधैं सुन्ने/हेर्ने गर्नुहोस्:
- समाचार
- अन्तर्वार्ता
- छलफल तथा बहस
- आफ्नो वरिपरिका गतिविधि/वातावरण
- Global Issues

* ख्याल गर्नुहोस्:
- खानपिन
- निद्रा, आराम
- समग्र स्वास्थ्य
- आफ्नो घरपरिवार, आफन्त, र साथीसंगी

* व्यवस्थित भएर अध्ययन गरौं:
द्वितीय , तृतीय र चतुर्थ पत्रको लागि:
- हरेक पाठ: अलग नोट कापी
- हरेक खण्ड : अलग कापी
- First Draft
- Second Draft
- Precise Note
- You can use different coloured/ink Ballpens/Pen.
- Blank copies
- Schedule/Timetable( Copy or Mind)

* सञ्जाल::
- समान लक्ष्य भएका साथी
- अध्ययनमा हौसला दिने
- नयाँ कुरा, जानेका कुरा बाँड्ने
- छलफल गर्ने
- सकारात्मक सोच भएका
- नत्र एक्लै पढ्ने
- Work hard in silence, let your sucess be the noise.

* संकोच नमान्नुहोस्:
- सहयोग माग्न र गर्न
- Sorry भन्न
- आफ्नो लागि समय छुट्टयाउन
- Thank You (Gratitude) भन्न

* समय निकाल्नुहोस्::
- साथीभाई र परिवारसँग घुमफिर
- रमाइलो गर्न

* आवश्यक तर यो मात्रै पर्याप्त होईन:
- लोकसेवा तयारी कक्षा
- नमूना परीक्षा
- काठमाण्डौं जानैपर्छ भन्ने मानसिकता

* भ्रम तोड्नुस्:
- लोकसेवा पास गर्न Topper हुनैपर्छ
- Math/Science राम्रो भएका मात्रै पास गर्छन्
- राम्रो स्कुल तथा विश्वविद्यालय पढेको हुनुपर्छ
- 18 घण्टा पढ्नुपर्छ
- यो लोकसेवा होईन घोकसेवा हो।
- समयनै पुग्दैन
- Optional Paper यहि नै राख्नुपर्छ
- लोकसेवा पहिलो प्रयासमा पास गर्न सकिँदैन!!

* यस्तो मानसिकता त्याग्नुहोस्:
- म सक्दिन। म अरुभन्दा कमजोर छु।
- म पढ्न सक्दैन। पढेको यादनै हुँदैन।
- यतिका हजारौं उम्मेदवारमा म के पास हुँला र !!
- भाग्य भए हुँला नत्र ठिकै छ।
- समय आउनुपर्छ आफ्नो, सफल हुन।

* यी कुरा पत्ता लगाउनुहोस्(Find Out):
- आफ्नो बलियो र कमजोर पक्ष।
- रुचि र अरुचिको विषय
- सहयोगी र असहयोगी
- आफ्नो प्राथमिकता

* बिस्तारै सुधार गर्दै जानुहोस्(Improve):
- हतार गर्ने बानीमा
- निर्णय निर्माण
- अलमलिने बानी
- राम्रोसँग प्रश्न नपढ्ने बानीमा
- परीक्षा भन्ने बित्तिकै डराउने
- अरुका कुरामा विनासोचविचार विश्वास गर्ने
- आफ्नो क्षमतामा शंका गर्ने
- आफ्नो सबल/ दुर्बल पक्ष अरुले भनिदिनुपर्ने
- आफै केही गर्नै नसक्ने
- अरुलाई मात्रै राम्रो ठान्ने आफुलाई कमसल ठान्ने
- सचेत भएर नपढ्ने
- उत्तर लेख्न हतार गर्ने
- चिन्तन होईन चिन्ता गर्ने
- तत्काल नतिजा चाहने
- आफुलाई सर्वज्ञ ठान्ने

* चटक्कै छोड्नुहोस्(Leave These):
- अरुको रिस, ईर्ष्या, आलोचना र कुरा काट्न
- अस्वस्थकर र अव्यवस्थित खानपिन/जीवनशैली
- फजुल खर्च
- अनुत्पादक काम
- किताब मात्रै किन्ने, अध्ययन नगर्ने बानी
- गुनासो मात्रै गर्ने
- डर मान्ने
- किताबको मोटाई हेर्ने
- सीमित अध्ययन गर्ने बानी

* Do Believe( मज्जाले विश्वास गर्नुहोस्)
- आफुमा, आफ्नो लक्ष्यमा र तोकिएको समसीमामा
- मेहेनत र कर्ममा
- प्रकृति, ब्रह्माण्ड र प्रेममा
- सकारात्मक सोचमा
- हामीले चाहेका अधिकांश कुरा सम्भव छ्न्।
- निरन्तर अभ्यास महत्त्वपूर्ण छ। यसले हरेक कुरा सम्भव बनाउँछ।
- स्वच्छ प्रतिस्पर्धा
- सहि समयमा सहि निर्णय

* Share(बाँड्दै गरौं):
- आफुले जानेका कुरा। पढेका कुरा।
- सहि तरिका।

* Accept(स्वीकार गर्नुहोस्):
- आफ्ना कमजोरी
- उपयुक्त सुझाव
- सहि मार्गदर्शन
- समय
- मेहेनत अनुरुपको नतिजा

* अभ्यास गर्नुहोस्(Exercise):
- पढेर
- पढ्दै लेख्दै गरेर
- सुनेर
- छलफल गरेर
- आफै नमूना परीक्षा गरेर
- हरेक समय पढेको कुरा सम्झेर, चिन्तन, मनन गरेर

( सफलता त्यसै मिल्दैन। मेहेनत गर्नैपर्छ । हरेक पक्षमा औसतमा भएपनि सन्तुलन हुनैपर्छ । निरन्तरता , सकारात्मक सोच, आत्मविश्वास , समय मिलान, स्वास्थ्य ख्याल, उपलब्ध स्रोतको उपयोग, उत्साह , खुशी, समयसीमा , रणनीति , योजना, लगायतका विभिन्न कुराको संयोजन चाहिन्छ, सफलता प्राप्त गर्न। र यो सम्भव छ। सजिलो छ। बानीको निरन्तरता भए। )

©-Khagendra sir

-Share it, If you found it useful.

14/03/2024

तिम्रो प्रेम प्रस्ताव स्विकार्य छ, चिन्ता नगर साने 😊😊

एकछिन त लामो हिमनदी लामटाङ हो कि खुम्बु भनेर Confuse भए जस्तै तिम्रो पत्र पढेर दोधारमा परे। अन्तत 27 वटा जिल्लाले भारतलाई र 15 वटा जिल्लाले चिनलाई छोए जस्तै तिम्रो प्रेम पत्रले मलाई छोयो।कान्तिपुरको प्रथम राजा रत्न मल्ल जस्तो तिम्रो प्रथम प्रेमी म होला या नहोला तर अन्तिम राजा जय प्रकाश मल्ल जस्तै तिम्रो अन्तिम राजा म हुन चाहान्छु।प्रशान्त महासागर जस्तो बर्षेनि मेरो माया 1 इन्चले खुम्चने होइन आन्द्र महासागर जस्तो 1 इन्चले फैलिरहने छ।मेचे र किसान जाती झापामा बसे जस्तै म तिम्रो मनमा बस्न चाहान्छु।तिम्रो लागि खड्क शमशेरले जस्तो रानिमहल बनाउन सक्छु भनेर त भन्दिन म तर मायाको महल अबश्य बनाउने छु।1955 मा नेपाल संयुत्त राष्ट्र संघमा प्रबेश गरेजस्तै हामी पनि मायाको संसारमा आजै प्रवेश गरौ।अल्बर्ट आइन्स्टाइनले इजरायलको रास्ट्रपति अस्विकार गरे जसरी म तिम्रो प्रेम प्रस्ताव अस्विकार गर्न चाहान्न,तिम्रो प्रेम प्रस्ताव स्विकार्य छ।

भारी संख्यामा खरिदारको विज्ञापन खुलेको छ साथै उत्कृष्ट पुस्तक हरु  र अनलाइन फर्म भर्न सम्झनुहोल बिकल्प बूक्स 985-1079350
13/03/2024

भारी संख्यामा खरिदारको विज्ञापन खुलेको छ साथै उत्कृष्ट पुस्तक हरु र अनलाइन फर्म भर्न सम्झनुहोल बिकल्प बूक्स 985-1079350

Address

Putalisakdak
Kathmandu
00977

Telephone

+9779851079350

Website

Alerts

Be the first to know and let us send you an email when Bikalpa books posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category