23/05/2026
सूचना! सूचना!! सुचना!!!
विगत समयदेखि काठमाडौ घट्टेकुलोमा सञ्चालित यस पसलमा आफ्नो नाम /फोन नं./ फोटो/ नागरिकता छाडी विश्वासमा पारी वा आफ्नो विवशता देखाई उधारो सामान लगि कुनै सम्पर्क नगरी/ फोन नउठाई घर गाउँ देश/ विदेश जानु भई अव सम्पर्क हुन्न/ सम्पर्क गरेको छैन भनी ढुक्कसँग बस्नुहुने सम्बद्ध महानुभावहरुले यो पोष्ट हेरी/ पढी आ- आफूले लिएको उधारो तिर्नूहोला! म सम्पर्क गर्दा गर्दा दिक्क भएर भन्न छाडेकोमात्र हुँ । तपाईँहरुको मिति मितिको हिसाव सुरक्षित छ। अन्यथा उधारो लिएको मिति, रकम तथा उपलब्ध भएसम्मका नामथर, फोन नं./फोटा/ नागरिकता पोष्ट गरी प्राप्त भए सरह हिसाव कट्टा गरी तपाईंलाई ढुक्क बनाउने छु। यस कार्यबाट मेरो आर्थिक क्षति तथा हजुरको सामाजिक प्रतिष्ठाको क्षति हुन गई दुवैलाई नोक्सान हुनेछ। अतः रकम बुझाइ यो क्षतिबाट बच्नु बचाउनु होला। तपाइ एक्लैले मात्र लगेको उधारो थोरै छ तर तपाईहरुले लग्नु भएको उधारो धेरै भएकाले म यो पोष्ट गर्न वाध्य भएँ। कृपया : मलाई दोश्रो चरणमा नपुऱ्याउनु होला। यो पोष्ट गर्न पनि मन थिएन, दोश्रो त झन् गर्न मनै छैन। वाध्यतामा नपार्नु होला!