Eps korea Nepal All News

Eps korea Nepal All News eps कोरिया सग सम्बन्धित सम्पुर्ण प्रक्?

13/08/2023

१)जब तपाई नेपालमा बेरोजगार हुनुहुन्छ, दश पन्ध्र हजारको जागिरको लागि भौंतारिनु हुन्छ र तपाईको कोरिया भिषा लाग्छ तपाईलाई ठूलो युद्ध जितेजस्तो लाग्छ!!👌

२)जब कोरिया बसाई सकिन लाग्छ त्यो बेला भिषा चेन्ज गर्न सकेर परिवार लाई समेत यतै ल्याई बसेर कोरिया तिरै जिन्दगी बिताउने बानी पर्छ,तपाईंलाई संसारकै राम्रो देश कोरिया हो भन्ने लाग्छ !👌

३)कोही साथि हरु कोरिया बाटै युरोप तिर गए,उनीहरूले सोच्छन् की धेरै बसियो कोरिया अब युरोपको स्ट्यान्डर्ड लाईफ बाँचौं न,कोरियाको जिन्दगीको पनि के जिन्दगी हो र ??गधाको लाईफ स्टाइलको कोरिया, आहा लाईफ त यता पो छ त!👌

४)क्यानडा ,अमेरिका अस्ट्रेलिया तिर आठ दश वर्ष बसिसकेका र उतै पीआर लिई सेटल भइसकेका लाई सोध्यो भने संसारकै उत्कृष्ट बसाइँ हाम्रो हो,सपनाको देशमा छौं हामी भन्छन् !👌

५)कोही जो विदेश नै नगै नेपालमा राम्रो संग जमेर बसेका छन्,नेपालमै राम्रो मान प्रतिष्ठा सहित पैसा पनि राम्रै कमाइराछन्,उनी हरू भन्छन् स्वर्ग नेपालमा छ,विदेश त ज्यान जाला गइँदैन,यही जन्मियो यही मर्ने हो !🙏🙏✅

आखिर उत्कृष्ट र राम्रो बसाइँ कुन देशको हो ??

नोट: तपाईं जता बस्ने बानी पर्नु हुन्छ उतै वेस्ट हुन्छ,तपाईं जहाँ खुसी रहन सक्नु हुन्छ त्यहीं नै वेस्ट,तपाईं जहाँ रहँदा सन्तुष्ट रहन सक्नु हुन्छ त्यहीं नै उत्कृष्ट🥰🥰🥰🙏🙏

18/07/2023

तलब बढ्यो ‼️🇰🇷
दक्षिण कोरियामा अर्को बर्ष 2024 का लागी श्रमिकको न्युनतम ज्याला 9,860 वन प्रति घण्टा निर्धारण गरिएको छ । यो बर्षको न्युनतम ज्याला 9, 620 वन मा 240 वन प्रति घण्टा यानि कि 2.5% ले बुद्दी गरिएको हो जस अनुसार महिनाको बेसिक तलब २०,४९,००० वन हुनेछ !!!

28/06/2023

भन्दा फुर्ती लगाए जस्तो हुन्छ साथी हरु ,कुखुराको मुटु गरेर कोरिया न आउनु होला,साहुको लात र बासी भात सहन सक्छु भन्ने सोचेर आउनुस्,कमाई राम्रै हुन्छ,दुःख जस्तो पनि गर्न सक्छु भन्ने सोचाइ राखेर आउनु होला!

अधिकांश कोरियाको काम थ्री डी नै हो,नेपाल बाट आउन नपाई कम्पनी फेर्छु,अरूले जस्तै महिनाको ३-४ लाख कमाउँछु रे छिट्टै घर जग्गा जोड्छु भन्ने सोच कृपया कसैले पनि नराख्नु होला!

नोट: घर परिवारले पनि आफ्ना छोराछोरीलाई अरुसँग दाँजेर फलानाले १ वर्षमा यति कमायो,यति जग्गा किन्यो,यस्तो घर जोड्यो भनेर अनावश्यक तनाव नदिनु होला,ज्यान रह्यो भने सबै कुरा विस्तारै जोड्न सकिन्छ,पैसा पनि कमाउन सकिन्छ,सकारात्मक तरिकाले बुझिदिनु होला,धन्यवाद !

सन्दर्भ: एक महिना भित्रमै कोरियामा लगातार ५ जनाको मृत्यु🥲🥲🥲

 #खुशीको_खबर । 😍कम्पनी परिवर्तन गरेकाहरु पनि कमिटेड कामदारको रुपमा  पुनः कोरिया प्रबेश गर्न पाउने भएका छन । यस अगाडि उस्...
07/10/2021

#खुशीको_खबर । 😍

कम्पनी परिवर्तन गरेकाहरु पनि कमिटेड कामदारको रुपमा पुनः कोरिया प्रबेश गर्न पाउने भएका छन । यस अगाडि उस्तै प्रकृतिको काम गर्नुपर्ने भनिएको थियो ।

त्यो नियम संशोधन भएर अन्तिम कम्पनीमा एक बर्ष काम गरेको हुनुपर्ने ,भाषा राम्रो हुनुपर्ने ,कम्पनीको चाहाना हुनुपर्ने भन्ने छ तर अन्तिम कम्पनीमा एक बर्ष काम नगरेको हरुको लागि कम्पनिको कारणले कार्यस्थल परिवर्तन गरेको वा कोरियाको नोदङ्बुले पुन प्रवेश गर्न योग्य भनेर सिफारिस गरिदिएको खण्डमा कमिटेडको रुपमा आउन सक्नेछन ।

सबै कुरा मिलाएर बुझ्दा कम्पनिले चाहेको खण्डमा आउन मिल्ने हो भनेर बुझ्नुभए हुन्छ । 😊

22/09/2021

😭😭😭😭😭😭परदेशी जीवन

अहिले सामाजिक सञ्जालमा जताततै Pi Network को चर्चा छ कसैले यसलाई फेक(असत्य) हो भनेका छन कसैले सत्य हो भने लागी परेका छन ।...
03/07/2020

अहिले सामाजिक सञ्जालमा जताततै Pi Network को चर्चा छ कसैले यसलाई फेक(असत्य) हो भनेका छन कसैले सत्य हो भने लागी परेका छन । यसको लहलहैमा म पनि लागेको छु यदी सत्य रहेछ भने त पैसो कमाइयो असत्य रहेछ भने एप डिलिट गरे भैगो किन टाउको दुखाउने हैन त ?? मोबाइलमा बिनाकामका प्रयोगमा नआउने कति एप्लिकेशन त्यसै बसेका छन् र त भएकै छ कम्तिमा यो Pi Network एप बाट पैसा कमाउन सकिने चर्चा त छ त्यसैले मैले चै प्ले स्टोर बाट डाउनलोड गरिसके जे पर्ला पर्ला अब तपाईहरूले पनि आफ्नो मोबाइलमा Pi Network App डाउनलोड गरी पैसा कमाउन सुरू गर्नुहोस एसको बिस्तृत जानकारी Google तथा Youtube बाट पनि लिन सकिनेछ । invite code ma चै 👉👉DOLINKC टाइप गर्नुहोला धन्यवाद 🙏🙏 ।

1. के हो Pi Network भनेको ?
यो आगामी 2021 March देखी आउन लागेको Pi डिजिटल पैसा अर्थात क्रिप्टोकरेन्सी सञ्चालनमा ल्याउने प्रोजेक्ट हो, जसको अहिले दोस्रो चरण चलिरहेको छ । यो हाम्रो हातमा रहेको मोबाईल बाटै Miming गर्न (कमाउन) सकिने पहिलो क्रिप्टोकरेन्सी हो । यो स्टान्फोर्ड युनिभर्सिटीका 3 जना PhD होल्डर क्रिप्टोकरेन्सी प्रोफेसरहरुको योजनामा सुरु भएको प्रोजेक्ट हो । यसमा अहिले संसार भर बाट लगभग 40 लाख मानिसहरु जोडिएका छन ।

2. लगानी कति लाग्छ ?
Pi Network बिल्कुलै नि:शुल्क हो र यसको App एन्ड्रोइडको Play Store र Apple को App Store बाट Install गरेर चलाऊन सकिन्छ । यसमा आफुले जत्ती कमाइ गरिन्छ सबै आफ्नै हो ।

3. कसरी सुरु गर्ने ?
यो Install गरिसके पछि आफ्नो फोन नं. वा फेसबुकको माध्यमबाट रेजिस्टर गर्नुहोस् । रेजिस्टर गर्दा आफ्नो नागरिकताको नाम राख्नु भएमा भविश्यमा KYC भर्दा सजिलो हुनेछ । यो प्रोजेक्ट जेन्युइन भएकोले बैंकहरुले जस्तै KYC गराउने छ ।

4. के हो Invitation Code ?
यो Network मा सबै जना एक अर्कामा जोडीनु पर्ने भएकोले कोही नयाँ व्यक्ती जोडीनको लागि निम्तोको आवश्यकता पर्छ । त्यसैले मेरो Invitation Code :DOLINKC प्रायोग गर्न सक्नु हुन्छ ।

5. मोबाईल बिगार्छ की ?
यो App आफ्नो मोबाईलमा राखेर Mining सुरु गरिसके पछि फेरि 24-24 घण्टामा पुन: सुचारु गर्नु पर्छ, नत्र कमाई रोकिएर बस्छ । यो हाम्रो मोबाईलमा चल्ने भएता पनि यसले मोबाईललाई ह्याङ गर्ने वा बेटरी सिध्याउने जस्ता कुनै प्रकारको हानी गर्दैन र तपाईंको मोबाईलमा भएको data चलाउने अनुमती पनि माग्दैन ।

6. कहिले साट्न वा बेच्न पाईन्छ ?
यो प्रोजेक्ट अहिले दोस्रो चरणमा मात्रै भएकोले अहिले यसमा कमिएको पैसा साट्न वा समान खरिद गर्न वा यसको खरिद-बिक्री गर्न सकिँदैन तर तेस्रो चरण अर्थात आगामी वर्ष 2021 मार्च 14 (Pi Day) देखि भने पूर्ण रूपले कारोबार गर्न र खरिद-बिक्री गर्न पनि सकिनेछ ।

7. कती कमिन्छ ?
यदी अहिले देखि सुरु गरेर mining गर्न थाल्ने हो भने आगामी 2021 मार्च अगाडी कम्तिमा दैनिक 6Pi को दरले 1800Pi कमाउन सकिन्छ र जानकारहरुका अनुसार 1 Pi = US$3 देखि US$10 अर्थात अहिलेको दरमा रु.260.00 देखि रु. 1200.00 नेपाली रुपैयाँ पर्ने अनुमान गरेका छन । त्यो त्यस बेलाको अवस्थाले बताउनेछ । तर अहिले भने Coingecko भन्ने exchange Website ले 1Pi = $0.35 अर्थात रु. 40.00 मा कारोबार गरिरहेको देखिएको छ ।

अब ज-जस्ले सुरु गर्नु भएको छैन तत्कालै सुरु गर्नु होस् र ज-जस्ले सुरु गर्नु भएको छ, नबिर्सी 24-24 घण्टामा app open गरेर mining गर्नुहोला।

याद राख्नु होला, Invitation Code:DOLINKCले तपाईं हामीलाई एक अर्कामा जोड्नेछ । Happy Mining Pi Network.

Address

Kathmandu
977

Opening Hours

Monday 09:00 - 22:00
Tuesday 09:00 - 22:00
Wednesday 09:00 - 22:00
Thursday 09:00 - 22:00
Friday 09:00 - 22:00
Saturday 09:00 - 22:00
Sunday 09:00 - 22:00

Website

Alerts

Be the first to know and let us send you an email when Eps korea Nepal All News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share