09/09/2025
https://www.facebook.com/share/p/173pX2FKEo/
२०८२/०५/२३ मा भ्रष्टाचारविरुद्ध आयोजित Gen-Z आन्दोलनका क्रममा भएको दुखद घटनाले हामीलाई अत्यन्त मर्माहित र स्तब्ध बनाएको छ। यस हृदयविदारक घटनाले सम्पूर्ण राष्ट्रलाई शोकमा डुबाएको छ। घटनामा ज्यान गुमाउनु भएका महान आत्माहरूप्रति हामी गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं। साथै झडपमा घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूप्रति हामी गहिरो संवेदना प्रकट गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।
यस राष्ट्रिय संकटको समयमा, एकजुटताको सन्देशस्वरूप, Nepal Can र हाम्रो सम्पूर्ण टिमको तर्फबाट पीडितहरूको उपचारमा क्रियाशील अस्पताल तथा संस्थाहरूलाई रु. २०,००,००० सहयोग गर्ने निर्णय गरिएको छ।
हाल देशव्यापी आन्दोलनको स्थिति जटिल हुँदै गएकोले, सबै नागरिकलाई सजग रहनुहुन र आफ्नो सुरक्षामा विशेष ध्यान दिनुहुन विनम्र अनुरोध गर्दछौं।
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्: युकेश खड्का ९८०१ ९८४२६९