07/09/2026
**काठमाडौं अडिसन, चाबहिल**
ए.एन.पी. मिडिया हाउसद्वारा आयोजित “नेशन्स गट ट्यालेन्ट सिजन ३” (किड्स डान्स रियालिटी शो) तथा जुनियर सिङ्गिङ आइडल नेपाल सिजन २ को स्थानीय अडिसन वि.सं. २०८३ भदौ २० गते** **मानस्लु वर्ल्ड कलेज, चाबहिल, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भयो।
उक्त अडिसनमा विभिन्न विद्यालयका विद्यार्थीहरू तथा नृत्य र गायन प्रशिक्षण केन्द्रहरूबाट उत्साहजनक सहभागिता रहेको थियो। अडिसनमा ३०० भन्दा बढी बालबालिकाहरू सहभागी भएका थिए, जसमध्ये २०० भन्दा बढीले नृत्य तथा १०० भन्दा बढीले गायन** विधामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
७ देखि १३ वर्ष उमेर समूहका बालबालिकाहरूले अडिसनमा सहभागिता जनाउँदै नृत्य तथा गायन दुवै क्षेत्रमा आफ्नो अद्भुत प्रतिभा, लगनशीलता र उत्साह प्रस्तुत गरेका थिए।
सम्पूर्ण प्रतियोगीहरूलाई आगामी यात्राका लागि **हार्दिक शुभकामना व्यक्त गर्दछौँ। ❤️
मेगा अडिसनसम्बन्धी थप जानकारी छिट्टै सार्वजनिक गरिनेछ।
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
📞 ९८६९५२८०९५, ९८२३६५५५६४