31/08/2026
केही सानो रकम हाम्रो E KTM BAZAR कमाइमा PRIME MINISTERS DISASTER RELIF FUND जम्मा गरेका छौँ। सोसल मिडियामा स्क्रिनसट हालेर मेरो योगदान हेर भन्दै धाक लगाउन मलाई आवश्यक लागेन। तर यो पोस्ट गर्नुको एउटै उद्देश्य हो, 'फजुल गफ भन्दा काम ठूलो हो' भन्ने बुझाउनु। थोपा थोपा मिलेर नै समुद्र बन्ने हो। अहिले देशलाई भाषण होइन, हाम्रो सानो सानो वास्तविकताको सहयोगको खाँचो छ। सहयोग गर्ने मनहरूले QR कोड स्क्यान गरेर राहत कोषमा आफ्नो योगदान पठाउनुहोला। सबैको भलो गर्नुहोस् भगवान, सबैको होस् कल्याण 🙏।जय नेपाल,। 🙏🇳🇵 । #