09/02/2026
Nepal Multiple Indicator Cluster Survey (NMICS 2024-25) / नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को मूख्य नतिजा।
Key Findings:
Child Mortality:
→ The infant mortality rate (deaths before reaching 1 year of age) is 27 per 1,000 live births.
→ The under-5 mortality rate is 31 per 1,000 live births.
→ The neonatal mortality rate (deaths within the first month) is 17 per 1,000 live births.
→ By province, Sudurpashchim has the highest neonatal mortality rate (26 per 1,000), while Bagmati has the lowest (10 per 1,000).
→ Sudurpashchim also has the highest infant mortality rate (38 per 1,000) and under-5 mortality rate (48 per 1,000).
→ Gandaki Province has the lowest under-5 mortality rate at 20 per 1,000 live births.
To***co Use:
→ 5.1% of women and 41.8% of men (15-49 years) used some form of to***co in the month preceding the survey.
Reproductive and Maternal Health:
→ The Total Fertility Rate is 1.9 live births per woman (15-49 years).
→ 85.0% of women who gave birth in the two years preceding the survey had at least 4 antenatal care (ANC) visits with a health worker.
→ 90.5% of births took place in a health facility, and 91.4% were attended by skilled birth attendants.
Child Health, Nutrition, and Development
→ 24.3% of children under 5 are underweight and 31.5% are stunted (short for their age).
→ 69.7% of mothers exclusively breastfeed their children for the first 6 months.
→ 80.7% of children (12-23 months) received all recommended vaccinations within their first year.
Water and Sanitation:
→98.2% of the population uses improved drinking water sources. However, water quality tests found E. coli bacteria (>=1cfu/100ml) in the drinking water of 60.4% of household members.
→ 92.4% of members use improved toilets.
Health Insurance:
→ 17.8% of women and 19.6% of men (15-49 years) have health insurance.
→ 15.0% of children (5-17 years) and 11.7% of children under 5 are covered by health insurance.
मुख्य नतिजाहरू:
बाल मृत्यु:
→ सर्वेक्षणको नतिजा प्रतिवेदन अनुसार प्रति १००० जीवित जन्मेका शिशुहरूमध्ये १ वर्ष उमेर नपुग्दै २७ जनामा शिशु मृत्यु रहेको देखिन्छ।
→ ५ वर्षमुनिका बालबाललिकाको मृत्युदर (बालमृत्यु दर) प्रति १००० जीवित जन्मेका बालबालिकामा ३१ जना रहेको छ।
→ प्रति १००० जीवित जन्मेका नवजात शिशुहरूमध्ये १ महिना उमेर नपुग्दै १७ जना नवजात शिशुको मृत्यु हुने गरेको देखिन्छ।
→ प्रदेश अनुसार नवजात शिशु मृत्यु दर सवैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा प्रति १००० जन्ममा २६ जना छ भने सवैभन्दा कम बागमती प्रदेशमा १० जना रहेको छ।
→ प्रति १००० जन्ममा सवैभन्दा बढी शिशुमृत्यु दर ३८ जना सुदूरपश्चिम प्रदेशमा र सवैभन्दा कम बागमती प्रदेशमा १७ जना रहेको देखिन्छ।
→ प्रति १००० जन्ममा सवैभन्दा बढी ५ वर्षमुनिका बालबालिका बालमृत्यु दर ४८ जना सुदूरपश्चिम प्रदेशमा रहेको छ भने सवैभन्दा कम गण्डकी प्रदेशमा २० जना रहेको देखिन्छ।
सुर्तीजन्य पदार्थको सेवन:
→ नेपालमा ५.१ प्रतिशत तथा ४१.८ प्रतिशत क्रमशः १५-४९ वर्ष उमेर समूहका महिलाहरू तथा पुरुषहरूले सर्वेक्षणभन्दा अघिल्लो महिनामा कुनै किसिमको सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो।
→ ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्षअगाडि नै एक खिल्ली चुरोट/विंडी पुरै सेवन गरेको पाइयो।
प्रजजन् तथा मातृत्व स्वास्थ्य :
→ कूल प्रजनन् दरका सन्दर्भमा प्रति महिला (१५-४९) वर्ष उमेर समूहले १.९ जीवित बच्चा जन्माएका पाइयो।
→ १५-१९ वर्ष उमेर समूहको किशोरीको प्रजनन् दरका सन्दर्भमा प्रति १००० किशोरीहरूले ४८ जीवित बच्चा जन्माएका पाइयो भने २०-२४ वर्ष उमेर समूहका दश जना महिलामध्ये १ जना (११.२ प्रतिशत) महिलाले १८ वर्ष उमेरअगाडि नै जीवित बच्चा जन्माउने गरेको पाइयो।
→ १५-४९ वर्ष उमेर समूहका हालै विवाहित महिलाहरूमध्ये प्रत्येक ३ जनामध्ये १ जना (३५.० प्रतिशत) विवाहित महिलाले परिवार नियोजनको उपाय तथा साधनहरू (परम्परागत वा आधुनिक विधि) को प्रयोग गरेको देखिन्छ भने सोही उमेर समूहका २ जनामध्ये १ जना (५५.२ प्रतिशत) महिलाले आधुनिक परिवार नियोजनका साधन/सेवाहरूको आफ्नो माग अनुसार प्रयोगमा सन्तुष्टि रहेको देखिन्छ ।
→ सर्वेक्षणभन्दा २ वर्षअघिसम्मको अवधिमा जीवित शिशुलाई जन्म दिएका १५-४९ वर्ष उमेर समूहका महिलाहरूमध्ये ८५.० प्रतिशतले सिफारिश भए बमोजिम कुनै स्वास्थ्यकर्मीसँग कम्तिमा ४ पटक पूर्वप्रसूति जाँच गराएको देखिन्छ।
→ सर्वेक्षणभन्दा २ वर्षअघिसम्मको अवधिमा जीवित शिशुलाई जन्म दिएका १५-४९ वर्ष उमेर समूहका महिलाहरूमध्ये ९०.५ प्रतिशतले स्वास्थ्य संस्थामा, ९१.४ प्रतिशतले दक्ष प्रसूतिकर्मीबाट र २५.३ प्रतिशतले सल्यक्रियाको माध्यमबाट प्रसूति गराएको देखिन्छ ।
बाल स्वास्थ्य, पोषण तथा विकास
→ ५ वर्षमुनिका बालबालिकाहरूको पोषण स्थितिमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उमेर अनुसारको तौल कमी भएका बालबालिकाहरू (लिखुरे), उमेर अनुसार उचाई कम भएका बालबालिकाहरू (पुड्को) क्रमशः २४.३ प्रतिशत र ३१.५ प्रतिशत रहेको पाइयो ।
→ उचाई अनुसार तौल कम भएका बालबालिकाहरू (ख्याउटे) ७.६ प्रतिशत र उचाई अनुसार तौल बढी भएको बालबालिकाहरू २.६ प्रतिशत रहेको पाइयो।
→ उमेर अनुसारको तौल कमी भएका बालबालिकाहरू (लिखुरे) सबैभन्दा बढी ३३.२ प्रतिशत मधेश प्रदेशमा र सबैभन्दा कम ९.६ प्रतिशत बागमती प्रदेशमा देखिन्छ ।
→ ३ जना आमाहरूमध्ये २ जना (६९.७ प्रतिशत) ले आफ्नो बच्चालाई जन्मेको ६ महिनासम्म आफ्नो दुध मात्र खुवाउने गरेको पाइयो। प्रदेशगत आधारमा हेर्दा, सो प्रतिशत सबैभन्दा बढी ७६.६ प्रतिशत सुदूरपश्चिम प्रदेशमा, त्यसपछि क्रमशः मधेश प्रदेशमा ७२.३ प्रतिशत र कर्णाली प्रदेशमा ७१.६ प्रतिशत देखिन्छ ।
→ उमेर समूह १२-२३ महिनासम्मका बालबालिकाहरूमध्ये ८०.७ प्रतिशत बालबालिकाहरूले मात्र पहिलो वर्षमा सबैखोप पूर्णमात्रामा लिएको देखिन्छ ।
→ सर्वेक्षणभन्दा २ हप्ताअघिसम्मको अवधिमा झाडापखाला लागेका ५ वर्षमुनिका बालबालिकाहरू ७.८ प्रतिशत रहेको र ती मध्ये २०.६ प्रतिशत बालबालिकाहरूलाई पुनर्जलीय झोलका साथै जिङ्क चक्की खुवाएको पाइयो।
→ सर्वेक्षणभन्दा २ हप्ताअघिसम्मको अवधिमा श्वासप्रश्वास लक्षण भएका ५ वर्षमुनिका बालबालिकाहरू २.७ प्रतिशत भएको पाइयो ।
→ ३६-५९ महिनाका बालबालिकाहरूमध्ये ५७.९ प्रतिशत बालबालिकाले सर्वेक्षणको अवधिमा प्रारम्भिक बाल शिक्षा कार्यक्रममा जाने गरेको पाइयो भने समग्रमा प्रारम्भिक बाल विकास सूचकांक २०३०, ६३.३ प्रतिशत रहेको देखिन्छ ।
स्वास्थ्य बीमा
→ १५-४९ वर्ष उमेर समूहका महिला १७.८ प्रतिशत तथा पुरुष १९.६ प्रतिशत ले स्वास्थ्य बीमा गरेको पाइयो।
→ ५-१७ वर्ष उमेर समूहका बालबालिका १५.० प्रतिशत तथा ५ वर्षमुनि बालबालिका ११.७ प्रतिशतले स्वास्थ्य बीमा गरेको पाइयो।
The National Statistics Office (NSO), in partnership with UNICEF, has released the findings of the Nepal Multiple Indicator Cluster Survey (NMICS) 2024–25,