KrishiGyan

KrishiGyan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KrishiGyan, Kathmandu.

l कृषि-पशुपंक्षी, बन/माटो विज्ञान, पर्यावरण, खाद्य सुरक्षा, कृषि प्रविधि.. आदि सूचना, विचार र दृष्टिकोण राख्ने कृषि पत्रिका हो । #कृषि ज्ञान एप्स DOWNLOAD गरौँ ..!!! - https://play.google.com/store/apps/details?id=com.arthadabali.krishigyan कृषि (विशेष) पशुपंक्षी, बनजंगल, माटो विज्ञान,पर्याबरणलगायत विविध विषयमा ज्ञान,सूचना विचार दृष्टिकोण दिने एउटा नेपालकै उत्कृष्ट फेसबुक पेज । तपाईले पनि आफ्ना विचार, दृष्टिकोण जिज्ञासा पोष्ट गर्न, सेयर गर्न सक्नुहुन्छ । पेज फ्लो तथा सेयर अझै अन्य शुभचिन्तकहरुमा पुर्याईदिउँ ।

काभ्रेपलाञ्चोकमा बर्डफ्लूले ९० हजारभन्दा बढी पन्छी नष्ट, कृषकले पाए त क्षतिपूर्ति?         काभ्रेपलाञ्चोकमा बर्डफ्लू सङ्...
19/08/2026

काभ्रेपलाञ्चोकमा बर्डफ्लूले ९० हजारभन्दा बढी पन्छी नष्ट, कृषकले पाए त क्षतिपूर्ति?

काभ्रेपलाञ्चोकमा बर्डफ्लू सङ्क्रमणका कारण हालसम्म ३० कृषकको पन्क्षीमा लाखौँको क्षति पुर्‍याएको छ । बर्डफ्लू सङ्क्रमणले क्षति पुगेका कृषकलाई क्षतिपूर्ति दिलाउन थालिएको जिल्ला पशुसेवा कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयका अनुसार हालसम्म २० कृषकले क्षतिअनुसारको क्षतिपूर्ति प्राप्त गरिसकेका छन् । बाँकी १० कृषकको क्षतिपूर्ति रकम चालु आर्थिक वर्षमा दिइने कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक ब्रजकिशोर ठाकुरले बताए । उनका अनुसार विभिन्न मितिमा बर्डफ्लू प्रमाणित भएका ३० कृषकका खोरमा रहेका कुखुरा तथा अन्य पन्क्षी नष्ट गरिएको थियो । बर्डफ्लू प्रमाणित भएका ३० कृषकमध्ये २० ले गत आर्थिक वर्षको अन्त्यतिर राहत रकम प्राप्त गरिसकेको जनाइएको छ ।

कार्यालयका अनुसार काभ्रेपलाञ्चोकमा गिरिराज कुखुरा, लेयर्स, ब्रोइलर, राजहाँस, स्थानीय कुखुरा र पेकिङ हाँसलगायत गरी ९० हजार २७५ पन्क्षी नष्ट गरिएको छ । यस्तै ३८ हजार १८३ अण्डा, १० हजार २१० केजी दाना र पाँच हजार २७५ क्रेट नष्ट गरिएको हो । विशेषगरी जिल्लाको बनेपा, पनौती तथा पाँचखाल क्षेत्रका विभिन्न फर्ममा बर्डफ्लु सङ्क्रमण पाइएको थियो ।

WorldLink
बर्डफ्लु महामारीले काठमाडौँ उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोकलाई समेत प्रभावित बनाएको थियो । कोशी प्रदेशबाट २०८२ चैतमा सुरु भएको उक्त महामारी गत असार मसान्तसम्म काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लामा फैलिएको थियो ।

उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोकमा बिपी तथा अरनिको राजमार्गका साथै अन्य सहायक सडक र खुला नाकाबाट भित्रिने पन्छीजन्य सामग्रीका कारण बर्डफ्लुको जोखिम बढेको थियो । बर्डफ्लू प्रमाणित हुन समय लाग्ने, प्रमाणित पन्क्षी नष्ट गर्न पनि समय लाग्ने तथा अन्य विविध कारणले कृषक सङ्कटमा परेको ठाकुरले बताए ।

मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र अन्य खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत सङ्क्रमण थप फैलिएको निष्कर्ष निकालिएको ठाकुरको भनाइ छ । कार्यालयले सङ्क्रमण नियन्त्रणनार्थ परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको ठाकुरले बताए ।

ठाकुरका अनुसार व्यावसायिक पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ लागू लगाइ कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्ने, प्रवेश गर्नु परे सुरक्षाका उपाय अपनाउने, खोर तथा उपकरण नियमित रूपमा सफा राख्न र कुखुरा ओसारपसार गर्दा पूर्ण सरसफाइका मापदण्ड पालना गर्न लगाइएको थियो ।

हाल पनि जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रूपमा ओसारपसार हुने कुखुराको निगरानी र नियन्त्रणलाई कडाइ गरिएको जनाइएको छ ।

बारीभरि झुलेको ‘कालो सुन’ देखेर दङ्ग छन् कृषक माधव...    सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ का युवा कृषक माधव लिम्बु बार...
19/08/2026

बारीभरि झुलेको ‘कालो सुन’ देखेर दङ्ग छन् कृषक माधव...


सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ का युवा कृषक माधव लिम्बु बारीभरि झुलेको अलैँची देखेर उत्साहित छन्। पहाडी क्षेत्रका किसानका लागि ‘खोल्सीको कालो सुन’ मानिने अलैँचीको उत्पादन र बजारमा सुधार आउन थालेपछि खेतीप्रति आकर्षण बढेको छ। रोजगारीका लागि विदेशिने युवासमेत गाउँमै अलैँची खेतीबाट आम्दानीको सम्भावना देख्न थालेपछि यसको व्यावसायिक खेती विस्तार हुँदै गएको छ।

19/08/2026

कृषिमन्त्रीलाई प्रश्न- 'मल किन्ने कृषकसँग किन मागिन्छ लालपूर्जा ?'


नमस्कार🙏 ! कृषि ज्ञान एप्सको यो पेज KrishiGyan 👆 FOLLOW गर्नुहोला, अझै विस्तृतमा जानकारी/ सूचना पाउनको लागि हाम्रो एप्स Link: 👇 https://play.google.com/store/apps/details... गर्नुहोला ।
[ NOTE : तपाईँको आफ्नो विचार, लेख तथा PHOTO हरु ...इमेल: [email protected] AND ह्वाट्स्एप Nuber: 9761780440 मा पठाउन सक्नुहुन्छ । र कृषि र कृषकहरुको लागि सेयर गरी अझै धेरै स्थानमा पुर्याउँ ] 🙏

19/08/2026
हेर्दै जिब्रो रसाउने अकबरे खुर्सानी
19/08/2026

हेर्दै जिब्रो रसाउने अकबरे खुर्सानी

असारमा उपभोग्य वस्तुको मूल्य उकालो, गोलभेडा २५३ प्रतिशतसम्म महँगियो   गाउँघरका बारी, कान्ला र वन क्षेत्रमा सामान्य रूपमा...
19/08/2026

असारमा उपभोग्य वस्तुको मूल्य उकालो, गोलभेडा २५३ प्रतिशतसम्म महँगियो

गाउँघरका बारी, कान्ला र वन क्षेत्रमा सामान्य रूपमा उम्रिएर उपयोगविहीन हुँदै आएको तितेपाती अब स्थानीय किसानका लागि आम्दानीको नयाँ स्रोत बन्ने भएको छ ।

उदयपुरको ताप्ली गाउँपालिकाले तितेपातीलाई व्यावसायिक रूपमा उपयोग गर्ने उद्देश्यले दुई स्थानमा डिस्टिलेसन प्लान्ट स्थापना गरी तेल उत्पादनको प्रक्रिया अघि बढाएको छ ।

गाउँपालिकाले वडा नम्बर ४ ठानागाउँ र वडा नम्बर १ जोरढुङ्गामा प्लान्ट स्थापना गरेको हो । ठानागाउँमा स्थापना गरिएको प्लान्टको गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माले उद्घाटन गरेका हुन् ।

कृषकका बारी तथा आसपासका वन क्षेत्रमा प्राकृतिक रूपमा उम्रिएको तितेपाती सङ्कलन गरी प्लान्टमा प्रशोधन गरिनेछ । प्रशोधनपछि उत्पादन हुने तितेपातीको तेल औषधि, सौन्दर्य सामग्रीलगायतका क्षेत्रमा कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

यसअघि खासै आर्थिक मूल्य नदिएको तितेपातीलाई प्रशोधन र बजारीकरणसँग जोडेर ‘खेर जाने वनस्पति–आम्दानीको स्रोत’ बनाउने गाउँपालिकाको लक्ष्य छ। किसानले आफ्नो खेतबारी तथा आसपासबाट सङ्कलन गरेको तितेपाती बिक्री गरेर अतिरिक्त आम्दानी गर्न सक्नेछन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष भट्टराईका अनुसार आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरी तितेपाती उत्पादन हुने क्षेत्र पहिचान गरिएको थियो । स्थानीयको माग र सम्भावनालाई ध्यानमा राखेर प्रशोधन कार्यक्रम अघि बढाइएको हो ।

अब चुनौती भनेको प्लान्ट स्थापना गर्नु मात्र नभई नियमित उत्पादन, गुणस्तर कायम, बजार खोजी र व्यावसायिक बजारीकरण गर्नु हो । यी पक्षलाई व्यवस्थित गर्न सके तितेपाती स्थानीय कृषकको आयआर्जनसँगै रोजगारी सिर्जनाको माध्यम बन्न सक्ने अपेक्षा गरिएको छ ।

ताप्ली गाउँपालिकाले आगामी दिनमा तितेपातीको उत्पादन, सङ्कलन, प्रशोधनदेखि बजारीकरणसम्मको सम्पूर्ण श्रृंखला व्यवस्थित गर्ने योजना बनाएको छ । यसबाट स्थानीय स्रोतको सदुपयोग हुनुका साथै गाउँमै रोजगारी र आयआर्जनका अवसर सिर्जना हुने विश्वास गरिएको छ ।

विश्व फोटोग्राफी दिवस मनाइँदैकाठमाडौं । आज विश्व फोटोग्राफी दिवस मनाइँदै छ । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस ...
19/08/2026

विश्व फोटोग्राफी दिवस मनाइँदै

काठमाडौं । आज विश्व फोटोग्राफी दिवस मनाइँदै छ ।

प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

फोटोग्राफीमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ ।

एक सय ८५औँ विश्व फोटोग्राफी दिवस भएपनि नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।

19/08/2026

बाँकेको खजुरा गाउँपालिका वडा नं २ का कृषक मोहनप्रसाद रिजाल आधुनिक कृषि प्रणालीअन्तर्गत व्यावसायिक रूपमा आफूले गरेको मेवा खेतीबारे जानकारी दिनुहुँदै ।

असारमा उपभोग्य वस्तुको मूल्य उकालो, गोलभेडा २५३ प्रतिशतसम्म महँगियो      वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ह...
18/08/2026

असारमा उपभोग्य वस्तुको मूल्य उकालो, गोलभेडा २५३ प्रतिशतसम्म महँगियो

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालै सार्वजनिक गरेको ‘असार महिनाको मूल्य विश्लेषण प्रतिवेदन’ ले बजारमा उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको देखाएको छ । प्रतिवेदनअनुसार गत वैशाख महिनाको तुलनामा असारमा खाद्यान्नदेखि तरकारीसम्मको मूल्यमा तीव्र वृद्धि हुँदा सर्वसाधारणको भान्छा निकै महँगो बनेको छ ।

विशेषगरी तरकारी बजारमा देखिएको उतारचढाव डरलाग्दो छ । विभागको तथ्याङ्कअनुसार असार महिनामा सानो स्थानीय गोलभेडाको मूल्यमा २ सय ५३ प्रतिशतको वृद्धि देखिएको छ । वैशाखमा सस्तो रहेको गोलभेडा असारसम्म आइपुग्दा प्रतिकिलो ६० रुपैयाँ नाघेको छ । त्यसैगरी, खुर्सानी (बुलेट) को मूल्यमा १ सय ७९ प्रतिशत र आँप (दशहरी) को मूल्यमा १ सय ६० प्रतिशतको वृद्धि भएको छ । विभागले काठमाडौं उपत्यकासहित विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढी गरी ६ मुख्य शहरको मूल्य विश्लेषण गरेको हो ।

प्रतिवेदनले मूल्यवृद्धिको प्रमुख कारणका रूपमा बजारमा रहेका धेरै तह र बिचौलियाको सक्रियतालाई औंल्याएको छ । उत्पादकले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो खाडल हुनुमा ढुवानी भाडा, बजारका विभिन्न तह र कृत्रिम अभावलाई जिम्मेवार मानिएको छ । यद्यपि समीक्षा अवधिमा पेट्रोलियम पदार्थको मूल्य स्थिर रहेको भए पनि ढुवानीकर्ता र थोक विक्रेताले त्यसको लाभ उपभोक्तासम्म पुग्न नदिएको देखिन्छ ।

अर्कोतर्फ, अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिले आयातित वस्तुको लागत बढाएको छ । असारमा डलरको खररिद दर १ सय ५३ रुपैयाँ २५ पैसासम्म पुग्दा आयातित चामल, चिनी र अन्य औद्योगिक कच्चा पदार्थ महँगो भएको प्रतिवेदनको विश्लेषण छ ।

तरकारी मात्र होइन, चामल, अण्डा र चिनीको मूल्यमा पनि सामान्यदेखि मध्यम खालको वृद्धि देखिएको छ । प्रतिवेदनअनुसार सोना मनसुली, स्टिम जिरा र मोटो चामलको मूल्यमा सामान्य वृद्धि भएको छ । अण्डाको मूल्यमा पनि बर्ड फ्लुको त्रास र उत्पादन लागत वृद्धिका कारण चाप परेको छ । तर, च्याउ, फर्सी र अभोकाडोजस्ता केही सिमित वस्तुको मूल्य भने स्थिर रहेको पाइएको छ ।

विभागको रणनीति : अनुगमनमा कडाइ

बजारमा देखिएको यो अराजकतालाई नियन्त्रण गर्न विभागले अब ‘सोर्स टु कन्जुमर’ (उत्पादनदेखि उपभोक्तासम्म) को मूल्य शृङ्खला विश्लेषण गर्ने रणनीति लिएको छ । वस्तुको उत्पादन भएको स्रोत वा आयात बिन्दुदेखि उपभोक्तासम्म पुग्दा कति मूल्य बढ्छ भन्ने कुराको सुक्ष्म अध्ययन गरी बिचौलियाको तह घटाउने विभागको योजना छ ।

साथै, बजार अनुगमनलाई सघन बनाउने, अधिकतम खुद्रा मूल्य (MRP) अनिवार्य अङ्कित गर्न लगाउने र सिन्डिकेट एवं कार्टेलिङ गर्ने व्यवसायीमाथि कडा कानुनी कारबाही गरिने प्रतिवेदनमा उल्लेख छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम नियम पालना नगर्ने पसललाई तत्कालै जरिवाना गर्ने चेतावनी समेत दिएको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले स्थापना गरेको कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्र ।
18/08/2026

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले स्थापना गरेको कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्र ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when KrishiGyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share