Panorama Dairy Pasal

Panorama Dairy Pasal You don't need to go to heaven to find out what a milkshake is like, because we bring heaven to you

10/04/2025

नेपाल डेरी एसोसिएसनले हरेक वर्ष चैत २८ गते राष्ट्रिय मोही दिवसको रूपमा मनाउने घोषणा गरेको छ ।

02/04/2025

📢 प्रिय ग्राहकवर्ग, तपाईंहरुको मूल्यवान समीक्षा दिनु होला ।
🌟🌟🌟🌟🌟

यदि तपाईंले पानोरमा डेरी पसल बाट किनमेल गर्नुभएको छ भने, कृपया आफ्नो अनुभव हामीसँग साझा गर्नुहोस्। 🙌

✅ तपाईंको प्रतिक्रिया हाम्रो लागि अमूल्य छ!
✅ हाम्रो सेवा अझ उत्कृष्ट बनाउन मद्दत गर्नुहोस्!
✅ तपाईंको सन्तुष्टि नै हाम्रो प्राथमिकता हो!

कृपया समीक्षा (Review) दिनुहोस् र हामीलाई अझ राम्रो सेवा प्रदान गर्न प्रेरित गर्नुहोस्। धन्यवाद! 😊

📍 पानोरमा डेरी पसल – तपाईंको स्वास्थ्यका लागि शुद्धता र गुणस्तर! 🏡🥛

Post a review to our profile on Google

🍪 Now Available at Panorama Dairy Pasal! 🍪Try our delicious and healthy Digestive Cookies:✅ Barley Digestive Cookies 🌾✅ ...
02/04/2025

🍪 Now Available at Panorama Dairy Pasal! 🍪

Try our delicious and healthy Digestive Cookies:
✅ Barley Digestive Cookies 🌾
✅ Millet Digestive Cookies 🌿
✅ Buckwheat Digestive Cookies 🌰

📍 Visit Panorama Dairy Pasal today and enjoy a tasty, wholesome snack!

Milk: The secret to a healthy body and a happy life. गुणस्तरीय दुध तथा दुधजन्य उत्पादनहरूका लागि सम्झनु होला ।
29/12/2024

Milk: The secret to a healthy body and a happy life.
गुणस्तरीय दुध तथा दुधजन्य उत्पादनहरूका लागि सम्झनु होला ।

घटस्थापना देखि नवदुर्गा को आरधाना सँगै नेपालीहरुको महान चाड दशैको आगमन भएको छ । ग्राहकवर्ग, साथीभाइ, ईष्टमित्र, तथा आफन्...
26/09/2022

घटस्थापना देखि नवदुर्गा को आरधाना सँगै नेपालीहरुको महान चाड दशैको आगमन भएको छ । ग्राहकवर्ग, साथीभाइ, ईष्टमित्र, तथा आफन्त जनहरुमा बिजयादशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
पानोरमा डेरी पसल परिवार 🙏🙏🙏

24/08/2022

Panoramic view of Panorama Dairy Pasal. yummy 😋
21/08/2022

Panoramic view of Panorama Dairy Pasal. yummy 😋

05/06/2021

गोठदेखि ओठसम्म स्वच्छ र स्वस्थ दूध उत्पादन विधि

१) परिचय : दूधलाई एक पूर्ण आहारको रुपमा लिइएको छ । सम्पूर्ण पौष्टिक तत्वले भरिपूर्ण दूध र दुग्ध पदार्थको उत्पादन र उपभोग स्वच्छ र स्वस्थ हुन सकेमा मात्र मानवको लागि उपयोगी हुनसक्छ, अन्यथा हानिकारक समेत हुन सक्छ । स्वच्छ तथा स्वस्थ दूध र यसबाट बनेका परिकार धेरै समय राख्न सकिन्छ, भने अर्को तर्फ यिनको मूल्य समेत धेरै पर्दछ ।

सामान्यतया : स्वस्थ पशुको कल्चौडोमा दूध स्वच्छ नै रहेको हुन्छ तर पशुको आहारा, औषधी उपचार लगायत वातावरणबाट दूधमा आउने रसायन, दूध उत्पादन, प्रशोधन तथा बजारीकरणको प्रकृयामा हानिकारक जिवाणुको प्रवेश र बृद्धि हुनसक्ने जोखीमका कारण दूध तथा दुग्ध पदार्थहरु प्रदुषित हुन जान्छन् । सामान्यतया कोठाको तापक्रममा आधा घण्टा भित्र दूधमा रहेका जिवाणुको संख्या दोब्बरले वृद्धि हुदै जान्छ र दूध छिट्टै विग्रन्छ । बालक देखि वृद्धसम्मले सेवन गर्ने असुरक्षित दूध तथा दुग्ध पदार्थहरुबाट ब्रुसेल्लोसीस, ट्युवरकुलोसीस, डिप्थेरीया, खाद्य विषपान लगायतका रोगहरुको जोखीम वढ्न सक्छ । यसैले यहाँ स्वस्थ दूध उत्पादन र उपभोगका केही सरल विधिहरु उल्लेख गर्ने प्रयास गरिएको छ ।

२) सफा दूध उत्पादन विधि :
क) पोषिलो आहाराको व्यवस्था मिलाउने :
दुधालु पशुलाई प्रर्याप्त मात्रामा पोषिलो हरियो घाँस, पराल, दाना, पानी र आवश्यक खनिज पदार्थ सहितको सन्तुलित आहारा दिनु पर्दछ । हरियो घाँस खुवाउदा कोशे र अकोशे मिलाएर खुवाउनु पर्दछ । आहारा खुवाए अनुसार कै गुणस्तरको दूध उत्पादन हुन्छ । पोषिलो हरियो घाँसमा सबै किसिमका पोषक तत्वहरु पाईन्छन् । घाँसमा आधारित पशुपालनले उत्पादन लागत समेत घटाउदछ ।ख) सफा पिउने पानीको व्यवस्था मिलाउने ः
दुधालु पशुलाई प्रर्याप्त मात्रामा दैनिक कम्तिमा पनि ५० लिटर सफा पिउने पानी र प्रति लिटर दूध बराबर ३ लिटरका दरले थप पानी उपलब्ध गराउनु पर्दछ ।

ग) गोठको सरसफाई :
 गोठको छानो, भित्ता र भुँईलाई सफा गर्ने ।
 गोठमा पिशाव राम्ररी बगेर जाने नाली बनाउने र मललाई कम्तिमा ३ मिटर टाढा खाडलमा राख्ने ।
 कम स्थानमा भीड गरेर धेरै पशु नराख्ने ।
 गोठमा राम्ररी हावा ओहोर दोहोर हुने तथा सुर्यको प्रकाश पर्ने व्यवस्था हुनुपर्ने ।
 गोठ वरिपरीको फोहोर राम्ररी सफा गर्ने, गोठको प्रवेशद्धारमा चुन वा फिनेल पानी राखी त्यसमै टेकी ओहोरदोहोर गर्ने, चुराचुरुङ्गी, मुसा आदी समेत छिर्न नसक्ने वनाउने ।
घ) दुहुनो पशुको शरिरको सरसफाई :
 दूध दुहुनु अधि सफा पानी वा व्रसले पशुको शरिर सफा गर्नुपर्दछ अन्यथा दूध दुहेको बेलामा दूधमा फोहोर वस्तु जस्तै: गोबर, माटो, रौं आदि पस्न सक्छ ।
 सफा गर्दा विशेष गरी पछिल्लो भाग राम्ररी सफा गर्नु जरुरी हुन्छ ।
 दूध दुहुनु अगाडि फांचो र थुनलाई राम्ररी सफा गरी सफा कपडाले सुख्खा बनाउने ।
 दुहिसकेपछि पोभिडीन आयोडीन (आयोडीन ९ भाग र १ भाग ग्लीसरीन) मा थुन चोप्ने वा पशुलाई करीव १५–३० मिनेट वस्न नदिने, यस्को लागि दुहेपछी केही समय पछि आहारा दिन सकिन्छ ।

ङ) दूध दिने पशुको स्वास्थ्य :
 दूध दिने पशु स्वस्थ हुनुपर्दछ । थुनेलो तथा अन्य रोग लागेको पशुलाई उपचार गराईरहेको अवस्थाको दूध उपभोग तथा विक्री नगर्ने ।
 समय समयमा पशुको स्वास्थ्य परीक्षण गराउने र विरामी भएको बेलामा ढिलो नगरिकन अनुभवी प्राविधिकको सहयोगमा उपचार गराउने ।
 नियमीत खोप तथा परजीवि नियन्त्रण गर्ने ।

च) दूध दुहुने मानिसको स्वास्थ्य तथा सरसफाई :
 दूध दुहुने मानिस रोगी भएमा हाच्छिउँ गर्दा, खोक्दा, दूध प्रदुषित हुन सक्छ ।
 दूध दुहुने मानिसको शरिर सफा, लुगाहरु सफा साथै नङहरु काटेको र कपाल मिलाएको हुनुपर्छ ।
 दूध दुहुने समय समेत नियमित गर्नुपर्छ ।
 कल्चौडाको दूध पूर्ण रुपमा निखारेर दुहुनु पर्छ ।
 पशुसंग सद्व्यवहार गर्नुपर्छ र तनावमूक्त राख्नु पर्छ ।
छ) भांडाकुडाको सरसफाई :
 दूध दुहुने भाँडा र दूध खन्याउने भाँडा फोहोर भएमा त्यसमा रहेका जीवाणुहरुले दूधलाई दुषित बनाउने र दूध विगार्ने हुंदा भांडोलाई राम्ररी सफा गरी सुख्खा बनाई राख्नु पर्दछ । सफा गर्दा सकेसम्म झोल साबुन प्रयोग गर्नु राम्रो हुन्छ ।
 दूध दुहुनु पहिले २-३ सिर्का दुहेर छुट्टै भाडोमा राखी सुरक्षित ठाउमा फाल्ने किनकी थुनको मुखमा जीवाणु बसेको हुन सक्छ जसले दूधलाई दुषित बनाउंछ ।
 दूध छान्ने कपडालाई सधै सफा र सुख्खा राख्नु पर्दछ अन्यथा त्यहा रहेको जीवाणुले दूधलाई दुषित बनाउछ ।
 दूध सकभर चाँडो दुहेमा (७ मिनेट भित्र) बाह्य प्रदुषण कम हुने सम्भावना हुन्छ ।
 सफाईमा प्रयोग हुने पानी फोहोर भएमा हानीकारक किटाणु दूधमा प्रवेश गर्न सक्दछ ।

ज) निरोगीकरण (Pasteurization) :
दूधलाई कुनै निश्चित समयमा निर्धारित तापक्रम सम्म तताएर अधिकांश शुक्ष्म जीवाणुहरु नष्ट गरी निश्चित तापक्रम सम्म चिसो पार्ने प्रविधिलाई निरोगीकरण (Pasteurization) भनिन्छ ।
अ) उच्च ताप छोटो समय (High Temperature Short Time- HTST) : यस तरिकामा दूधलाई ७२ डिग्री सेन्टीग्रेड तापक्रममा १५ सेकेण्ड सम्म तताएर ५ डिग्री सेन्टीग्रेड तापक्रममा चिसो पारिन्छ ।
आ) कम तापक्रम लामोे समय (Low Temperature Long Time- LTLT) : यस तरिकामा दूधलाई ६५ डिग्री सेन्टीग्रेड तापक्रममा ३० मिनेट सम्म तताएर ५ डिग्री सेन्टीग्रेड तापक्रममा चिसो पारिन्छ ।

झ) दूध ढुवानी :
 चिस्यान केन्द्रको सुविधा भएको ठाउमा तुरुन्त दूधलाई दुहि सके पछि पु¥याउने र नियमित विधुत आपूर्ति भएको चिस्यान केन्द्रमा ४ डिग्री सेन्टीग्रेड तापक्रममा भण्डारण गर्ने ।
 चिस्यान केन्द्रको सुविधा नभएको अवस्थामा दूधको क्यानलाई चिसो पानीमा डुवाएर राख्दा केही समय विग्रन पाउदैन ।
३) स्वच्छ सफा दूध र दुग्धजन्य पदार्थको उपभोग :
उपर्यूक्त तरिकाले प्रशोधन गरिएको दूध र दूध बाट बनेका परिकारहरु दहि, घिउ, पनिर, खुवा, मिठाई, चीज, आइसकृम आदि उपभोग गर्दा न्यूनतम मापदण्ड पुरा गरेका डेरी पसलहरुबाट म्याद ननाघेका, उचित तरिकाले भण्डारण तथा प्याकिङ गरिएका मात्र उपभोग गर्नु पर्दछ ।

(लेखक बासुदेव नाथ राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय हरिहरभवन, ललितपुरमा पशु विकास अधिकृत पदमा कार्यरत हुनुहुन्छ )

05/09/2020

महिनावारी भएका बेला सामान्य पेट दुख्नु स्वाभाविक हो तर कसैकसैलाई यो बेला अत्याधिक पेट दुख्छ र नियमित कामकाज गर्न...

Drink milk🥛 to boost  💪 your immunity!👊
03/08/2020

Drink milk🥛 to boost 💪 your immunity!👊

Happy Shrawan 15 to all: खीर खाने दिन! ❤️
30/07/2020

Happy Shrawan 15 to all: खीर खाने दिन! ❤️

Address

Lalitpur
Lalitpur
44600

Opening Hours

Monday 05:30 - 21:00
Tuesday 05:30 - 21:00
Wednesday 05:30 - 21:00
Thursday 05:30 - 21:00
Friday 05:30 - 21:00
Saturday 05:30 - 21:00
Sunday 05:30 - 21:00

Alerts

Be the first to know and let us send you an email when Panorama Dairy Pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Panorama Dairy Pasal:

Shortcuts

Share