06/07/2024
गजल
हुरी आउनेछ बतास आउनेछ म मरेको दिन
तिम्रा लागि खबर खास आउनेछ म मरेको दिन
त्रिपाल टाँग्नु खाना बस्न गाह्रो होला फेरि
पानी पनि एकनास आउनेछ म मरेको दिन
गरिबको घरमा चामल फलफुल घिउ चिनी आउँदा
खानामा पनि मिठास आउनेछ म मरेको दिन
पच्चीस पच्चीस भाग लगाउनु पर्दैन मेरा दाजुभाई तिमीहरूको नाममा पचास आउनेछ म मरेको दिन
केही गुनासो छ भने बाहिर निस्केर बस्नु प्रिय तिम्रै घरको बाटो मेरो लास आउनेछ म मरेको दिन
रचना ... गणेश सुनार