Website Free Support

Website Free Support Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Website Free Support, Shopping & retail, palpa, Lumbini.

डिजिटल कारोबारलाई सस्तो र सजिलो बनाउँदै कनेक्ट आईपीएस- रु. ५०० सम्मको भुक्तानीमा प्रतिकारोबार शुल्क दुई रुपैयाँ- रु. ५००...
09/12/2021

डिजिटल कारोबारलाई सस्तो र सजिलो बनाउँदै कनेक्ट आईपीएस
- रु. ५०० सम्मको भुक्तानीमा प्रतिकारोबार शुल्क दुई रुपैयाँ
- रु. ५०० भन्दामाथि रु. ५,००० सम्म प्रतिकारोबार शुल्क चार रूपैयाँ
- रु. ५,००० भन्दामाथिको भुक्तानी रकममा कारोबार शुल्क आठ रुपैयाँ लागू हुने
भएको छ ।
गत आर्थिक वर्षमा मात्रै यस प्रणालीबाट १४ खर्ब आठ अर्ब ४ करोड ८० लाख रुपैयाँको कारोबार भएको थियो ।

Learn free news website
23/11/2021

Learn free news website

Free Learn Website building

यस्ता छन् वर्षकै सर्वाधिक कमजोर पासवर्ड, कतै तपाईंको त परेन ?नोर्डपासले सार्वजनिक गरेका त्यस्ता २०० ओटा पासवर्ड, जुन यसव...
22/11/2021

यस्ता छन् वर्षकै सर्वाधिक कमजोर पासवर्ड, कतै तपाईंको त परेन ?
नोर्डपासले सार्वजनिक गरेका त्यस्ता २०० ओटा पासवर्ड, जुन यसवर्ष सबैभन्दा धेरै प्रयोग भएका छन् ।

२५ करोडको लगानीमा डेटा सेन्टर निर्माण गर्दै DishHome डीटीएच सेवा प्रदायक डिशहोमले आफ्नै डेटा सेन्टर निर्माण गर्ने भएको छ...
18/11/2021

२५ करोडको लगानीमा डेटा सेन्टर निर्माण गर्दै DishHome
डीटीएच सेवा प्रदायक डिशहोमले आफ्नै डेटा सेन्टर निर्माण गर्ने भएको छ । मंगलबार आयोजित ह्वावे कनेक्ट २०२१ मार्फत डिशहोमले पहिलो चरणमा २५ करोड रुपैयाँको लगानीमा डेटा सेन्टर निर्माण गर्न लागेको घोषणा गरेको हो ।
पहिलो चरणमा ४८ र्‍याकको डेटा सेन्टर निर्माण गरिने छ ।
आगामी ६ महिनाभित्र डेटा सेन्टर सञ्चालनमा ल्याउने गरी यसको प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
त्यसका लागि कम्पनीले चिनियाँ प्रविधि कम्पनी ह्वावेसँग सहकार्य गर्ने भएको हो ।

Passport Update: अब पासपोर्टको दस्तुर घरैबाट बुझाउन सकिने र लाइन बस्ने झन्झटबाट पनि मुक्तराहदानी विभागले MRP विस्थापन गर...
17/11/2021

Passport Update: अब पासपोर्टको दस्तुर घरैबाट बुझाउन सकिने र लाइन बस्ने झन्झटबाट पनि मुक्त
राहदानी विभागले MRP विस्थापन गरी बुधबारदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ ।
समय बुक गरेर र घरबाटै दस्तुर तिरेर आउन सकिने भएकाले राहदानी लिन लाइन बस्ने झन्झटबाट सेवाग्राहीले छुटकारा पाउनेछन्
शुरुमा दैनिक सीमित संख्यामा मात्र ई–पासपोर्ट वितरण गरिने भए तापनि एक साताभित्रै पूर्ण रूपमा वितरण गरिने विभागले जनाएको छ । सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउनेछन्।

QR कोडबाट हुने कारोबार प्रति महिना ६ अर्ब नाघ्यो, यसरी हुँदैछ लोकप्रिय । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आव २०७...
16/11/2021

QR कोडबाट हुने कारोबार प्रति महिना ६ अर्ब नाघ्यो, यसरी हुँदैछ लोकप्रिय ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आव २०७८-०७९ को पहिलो त्रैमासिक तथ्याङ्क अनुसार हाल प्रतिमहिना ६ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी QR कोडबाट हुन थालेको छ ।

गत वर्ष असोजमा ९६ करोड ९० लाख रुपैयाँ QR कोडबाट भुक्तानी भएकोमा यस वर्षपछि सोही महिनासम्म आइपुग्दा बढेर ६ अर्ब ९ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

माछापुच्छ्रे बैंकको एटीएममा अब एपबाटै पैसा झिक्न सकिने ।यो सेवाअन्तर्गत प्रयोगकर्ताले मोबाइल बैंकिङ प्रयोग गरेर एटीएमबाट...
16/11/2021

माछापुच्छ्रे बैंकको एटीएममा अब एपबाटै पैसा झिक्न सकिने ।
यो सेवाअन्तर्गत प्रयोगकर्ताले मोबाइल बैंकिङ प्रयोग गरेर एटीएमबाट पैसा झिक्न सक्नेछन् ।
यसका लागि माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एपमा ‘कार्डलेस विथड्रल’ (कार्डबिना नै पैसा झिक्न मिल्ने) अप्सनमा क्लिक गर्नुपर्नेछ ।
यसपछि प्राप्त ओटीपी कोड एटीएममा राखेर पैसा झिक्न सकिनेछ ।

Address

Palpa
Lumbini
32500

Alerts

Be the first to know and let us send you an email when Website Free Support posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share