Himalayan Readers' Corner

Himalayan Readers' Corner A book shop consisting of Fiction and Non -Fiction Novels, Autobiography etc....

• प्रविधि, रोबोटिक्स र विश्वव्यापी अर्थतन्त्रका कारण नियमहरूमा निरन्तर परिवर्तन भइरहेको यस दुनियाँमा धनी बन्नका लागि उच्...
17/08/2026

• प्रविधि, रोबोटिक्स र विश्वव्यापी अर्थतन्त्रका कारण नियमहरूमा निरन्तर परिवर्तन भइरहेको यस दुनियाँमा धनी बन्नका लागि उच्च आम्दानी चाहिन्छ भन्ने झुठो धारणालाई विस्फोट गरिदिन्छ ।
• भविष्यको लागि उच्च तलब भत्ताभन्दा सम्पत्ति निर्माण वा आर्जन गर्नु बढी महत्त्वपूर्ण हुन्छ भन्ने कुरा सिकाउँछ र लगानीकर्ता तथा व्यवसायीहरूले पाउने कर लाभहरूका बारेमा पनि प्रष्ट पार्छ ।
• घर भनेको सम्पत्ति हो भन्ने मान्यतालाई चुनौती दिन्छ । लाखौं मानिसले घर-जग्गा बजारको फोका फुटेको र यससम्बन्धी कारोबारको किस्ताबन्दी कार्यालयको आक्रोस देखेभोगेका छन् ।
• पैसा उपयोगको सिप आजको समयमा अत्यन्त आवश्यक जीवन उपयोगी सिप हो र सन्तानलाई यस्तो महत्त्वपूर्ण सिप सिकाउन विद्यालय प्रणालीमा किन भर पर्न सकिंदैन भनेर बुझाउँछ ।
• सन्तानलाई पैसाको बारेमा के पढाउने भनेर सिकाउँछ जसबाट उनीहरू आजको विश्वका चुनौती र अवसरहरूका लागि तयार हुन्छन् र आफूले पाउनुपर्ने समृद्ध जीवनको आनन्द लिन सक्छन् ।

मानिसले आर्थिक संघर्ष गर्नुपर्ने मुख्य कारण भनेको उनीहरूले धेरै वर्ष विद्यालयमा बिताएर पनि पैसाको बारेमा केही पनि नसिक्नु हो । यसको परिणाम: उनीहरूले पैसाका लागि काम गर्न त सिक्छन्... तर पैसालाई आफ्नो लागि कसरी काम गराउने भन्ने कुरा कहिल्यै सिक्दैनन् ।"
- रोबर्ट

16/08/2026
"Leaders have the courage not to go with the flow. They speak up when others stay silent. They act when others hesitate....
16/08/2026

"Leaders have the courage not to go with the flow. They speak up when others stay silent. They act when others hesitate. They take the risk, not because they fail to identify it as risk but because they believe a higher purpose means the risk should be taken."

के एउटा मानिस आफैंविरुद्ध हत्याको अभियोग लिएरप्रहरी चौकी पुग्न सक्छ ? के मृत्युको मुखमा पुगेकोमानिसले जीवनलाई 'अर्केस्ट्...
15/08/2026

के एउटा मानिस आफैंविरुद्ध हत्याको अभियोग लिएर
प्रहरी चौकी पुग्न सक्छ ? के मृत्युको मुखमा पुगेको
मानिसले जीवनलाई 'अर्केस्ट्रा' को धुनमा सुन्न सक्छ ?

'मौन कोलाहल' भित्रका कथाहरूले समाजको त्यो ऐना देखाउँछन्, जहाँ संवेदनाहरू कुरूप छन् र सत्यहरू नग्न । यहाँ शारीरिक अपाङ्गताभन्दा मानसिक रुग्णता खतरनाक छ । लेखक विवेक ओभाले यस कथासङ्ग्रहमा मानवीय अस्तित्व, सामाजिक ढोङ र चेतनाको अन्धकारलाई निकै तिखो र दार्शनिक शैलीमा उतारेका छन् ।

यो कथाकृति केवल पढ्नका लागि होइन, मौनताभित्र
लुकेको आफ्नै कोलाहल चिन्नका लागि हो ।

उनले समाजका सत्यलाई ढोंगको आवरणमा होइन, उसकै स्वरूपमा नग्न देखे। सत्यलाई कुनै आदर्श वा सभ्यताको खोल ओढाएनन्, सर्वाङ्ग प्...
14/08/2026

उनले समाजका सत्यलाई ढोंगको आवरणमा होइन, उसकै स्वरूपमा नग्न देखे। सत्यलाई कुनै आदर्श वा सभ्यताको खोल ओढाएनन्, सर्वाङ्ग प्रस्तुत गरे। त्यसैले त तथाकथित सभ्य समीक्षकदेखि ढोगी समाजका ठेकेदारले उनलाई दुत्कारे। ६ पटकसम्म अदालतमा उपस्थित बनाइए तर आफ्ना कथाहरूमा यथार्थको वास्तविक तस्वीर कोरिरहे।

शहरका अँध्यारा गल्लीहरूमा लुकिबसेका पाखण्ड उनका कथाका विषय हुन्।

समयका अप्ठ्यारा मोडहरूमा विवश, हतास र प्रताडित मानिस उनका कथाका पात्र हुन्।

उनका कथाहरूमा इतिहासका त्यस्ता गल्छँडाहरू प्रतिविम्बित छन्, जहाँ लाखौँ मानिसहरू प्रताडित, अपमानित र दमित थिए। तिनै मानिसका सुस्केरा, रोदन र आक्रोशका अभिलेख हुन्, उनका कथाहरू।

10/05/2026

सबैलाई हार्दिक निमन्त्रणा 🙏

 ❤️  🌍✈️
07/10/2025

❤️ 🌍✈️

८औ Readers’ Opportunity Mela या आदरणीय पाठकवर्गमा हार्दिक निमन्त्रणा!!!जति धेरै पुस्तक खरिद,  उति नै बढी छुट !!!यहि असोज...
28/09/2025

८औ Readers’ Opportunity Mela या आदरणीय पाठकवर्गमा हार्दिक निमन्त्रणा!!!
जति धेरै पुस्तक खरिद, उति नै बढी छुट !!!
यहि असोज १ देखि १३ सम्म !!!

८औ Readers’ Opportunity Mela या आदरणीय पाठकवर्गमा हार्दिक निमन्त्रणा!!!जति धेरै पुस्तक खरिद,  उति नै बढी छुट !!!यहि असोज...
23/09/2025

८औ Readers’ Opportunity Mela या आदरणीय पाठकवर्गमा हार्दिक निमन्त्रणा!!!
जति धेरै पुस्तक खरिद, उति नै बढी छुट !!!
यहि असोज १ देखि १३ सम्म !!!

Address

Kaski
Pokhara
37700

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Telephone

+97761582720

Alerts

Be the first to know and let us send you an email when Himalayan Readers' Corner posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himalayan Readers' Corner:

Shortcuts

Share

Category